आयल निगमको भैरहवा डिपोमा ५६ सय लिटर डिजल चोरी : डिपो प्रमुख नै संलग्न !

दियो पोस्ट  

काठमाडौं । नेपाल आयल निगम लुम्बिनी प्रदेशिक कार्यालय भैरहवा डिपोमा डिजल चोरी हुने गरेको खुलाशा भएको छ । डिपो प्रमुख कमला न्यौपाने र कर्मचारी श्रीधर लामिछाने मिलेर निगमको तेल  विभिन्न व्यक्तिलाई विक्री गर्ने गरेको खुलेको हो । गत वैशाख २१ गते निगममा प्राप्त (gain) भएकाे तेल गाेप्य रुपमा विक्री गरेकाे पाइएकाे छ  । भैरहवा कार्यालय प्रमुख कमला नेपाल आयल निगम स्वतंत्र कर्मचारी यूनियन उपाध्यक्ष समेत हुन् ।
उनले निगमको कर्मचारीलाई धाक धम्की रवाफ देखाई सरुवा गरिदिने दिने धम्की समेत दिने गरेको अाराेप छ । नेपाल आयल निगमको क्लोजिङ्ग बुक  र ओपनिङ बुकमा प्रत्येक दिन नाप जाँच सहि रेकर्ड /अभिलेख तयार नगर्नै गलत रेकर्ड राख्ने गरेको छ । निगमको तेल प्राप्त हुँदा पनि रेकर्ड घाटा देखाई चोरी गरि बिक्री गरिएकाे हाे ।

तर, प्राप्त कागजात अनुसार ५६ सय लिटर डिजल दैनिक जसों रुपमा चोरी हुने गरेको स्रोतको भनाई छ । नेपाल आयल निगमको कर्मचारी युनियन केन्द्रीय कार्यालय अध्यक्ष विकास बखती र कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टको संरक्षणमा भैरहवा डिपो प्रमुख न्यौपानेले तेल चोरी गरि बिक्री गर्नै गरेको निगमलाई अर्बो नोक्सानी गरि रहेको आरोप छ ।
तत्काल छानबीन गर्नुपर्नेमा हालसम्म उनीमाथि निगम केन्द्रीय कार्यालयले कुनै छानबीन गरेको छैन ।

उच्च स्रोतका अनुसार ट्यांकर धनी व्यावसायी दामोदर खरेललाई वैशाख २५ गते उक्त तेल अवैध रुपमा कमला न्याैपानेकाे निर्देशनमा तेल विक्री गरिएको थियो । ट्यांकर नम्बर ३७४१ लाई ५६ सय लिटर डिजल विहान ९ बजेर ४५ मिनेटमा विक्री गरिएको उच्च स्रोतले जनाएको छ ।

यस विषयमा प्रतिक्रिया लिन नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाकी प्रमुख कमला न्यौपानेलाई पटक पटक सम्पर्क गर्दा उनले फोन उठाइनन् ।