यी हुन् १ केजी आँपबाट झन्डै ५ लाख कमाउने किसान !

दियोपोस्ट संवाददाता  

काठमाडौं । यतिबेला आँपको सिजन सुरु भएको छ । नेपाली बजारमा सामान्यतया सिजनको समयमा प्रति केजी (किलोग्राम) ३० रुपैयासम्ममा पाइन्छ । त्यहि आँप बमौसमी समयमा भने १ सय देखि४ सय रुपैयासम्म पाइने गरेको अधिकांशलाई थाहा छ ।

तर कतिपयको बगैचामा यस्तो किसिमको आँप पनि उत्पादन हुने गर्छ, जुन बजारमा संसारकै महंगो मुल्यमा बिक्रि हुने गर्छ । उक्त आँपको बजार मुल्य प्रतिकेजी ५ लाखसम्म पर्न जान्छ ।

संसारकै महंगो आँप उत्पादन गर्ने व्यक्ति भने छिमेकी मुलुक भारतका एक किसान हुन् । कर्नाटक राज्यको दक्षिणपश्चिमी शहर उडुपिनजिकै शंकरापुरका किसानले आँप बिक्रि गरेर मनग्य आम्दानी गरिरहेका छन् । उनले एक केजी आँप बिक्रि गरेवापत ३ लाख भारतिय रुपैया अर्थात् ४ लाख ८१ ह्जार ३२४ नेपाली रुपैयासम्म आम्दानी गरिरहेको भारतिय मिडिया टाइम्स अफ इन्डियाले रिपोर्ट उल्लेख गरेको छ ।

रिपोर्टअनुसार किसान जोसेफ जोबोले संसारकै महंगो प्रजातिको मियाजाकी आँप आफ्नो घरको बगैचामा उत्पादन गर्छन् । सबैभन्दा स्वादिष्ट र चिकित्सकिय प्रयोजनको लागि अति नै महत्वपुर्ण मानिएको मियाजाकी प्रजातिको आँपलाई ति किसानले प्रतिकेजी ४लाखदेखि झन्डै ५ लाख रुपैयासम्म बिक्रि गर्ने गर्छन् ।

मियाजाकी जापानी आप हो भने यसको जापानी नाम ताइयो नो तामांगो हो । उक्त प्रजातिको आँपलाई ‘एग अफ सन्स’ अर्थात् सुर्यको अण्डा भनेर समेत चिनिन्छ । ति किसानकाअनुसार यस किसिमको आँप जापानमा भने काँचो हुदा वैजनी (पर्पल) रंगको देखिन्छ भने पाक्दै गएपछि रातो रंगमा परिणत हुन्छ । तर आद्रता र भौगोलिक कारणले भने भारतजस्तो स्थानमा उक्त आँपको रंगमा हल्का फरकपन देखिन्छ ।

उसो त भारतका अन्य केहि कृषकले पनि मियाजाकी प्रजातिको आँप खेती र बिक्रि गर्दै आएका छन् । जोसेफ लोबो भने नवीनतम प्रयोगलाई आत्मसात गर्ने कृषकको रुपमा पनि चिनिन्छन् । उनले आफ्नो बगैचामा फल्ने आँपलाई ‘माल्लिका’ प्रजातिको आँपको आकारसँग तुलना गरेपनि स्वादमा भने माल्लिकाभन्दा कैयौ गुणा स्वादिष्ट रहेको बताएका छन् । ‘सबै फलफुलको राजा आँप मानिएपनि स्वादको मामिलामा आँपको राजा मियाजाकी आँप छ’ उनले भनेका छन्, ‘यति मात्रै नभई भौगोलिक र अन्य कारण जापान र हाम्रो यहाँ फल्ने आँपको रंगमा पनि केहि बदलाव छ ।’

लोबोले मियाजाकी आँप ३ वर्षअघि रोपेका थिए । गत वर्ष ति आँपको बोटमा फुल फुलेपनि फल भने लाग्न सकेको थिएन । यसवर्ष भने बोटमा केहि फलहरु देखा परेको उनले बताएका छन् । ‘बोटमा फल देखिएपनि मौसमले थप्ने चुनौती भने बाँकी नै छ’ उनले भनेका छन्, ‘यो वर्षपनि गत जनवरीमा परेको पानीले सबै फुलमा फल लाग्न पाएन ।’ मियाजाकी आँपबाहेक ति किसानले आफ्नो घरको बगैचामा जाभा प्लम, ब्राजिलियन चेरी, ताइवानी सुन्तलालगायत थुप्रै विदेशी फलफुल खेती गरेका छन् ।