व्याँस गाउँपालिका अध्यक्ष धामी : लिम्पियाधुरा, लिपुलेक, कालापानी समस्या महाकालीनदी मुलको हो !

दार्चुला सुदूरपश्चिम प्रदेश

- ईश्वर विश्वकर्मा  

दार्चुला । राज्यको पुनः संरचनाले पछाडि पारेको व्यास गाउँपालिकाको अवस्था घतलाग्दो र डरलाग्दो छ । नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको व्यास गाउँपालिकाको केही भाग नेपालले जारी गरेको नक्सामा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय सेनाले तीन लेनको पक्कि सडक बनाएर तीनगाउँ कब्जा गरेर बसेको छ । नेपाली भूमिमा बनाएको यो सडक उद्घाटन दिल्लीबाटै भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक पटक त्यस क्षेत्रमा आएका थिए ।

तीन हजार दुईसय मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको व्याँस गाउँपालिकाको एउटा गाउँ हो । लिपुलेक पाँच हजार दुई सय मिटर उचाइमा रहेको नेपाल र तिब्बत, चीनको सिमाना भञ्ज्याङ हो । कुटी, नावी र गुञ्जि नेपालको भूमि भएतापनि भारतको कब्जामा छ । छाङ्गरुमा वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ । अत्याधिक चिसो हुने गरेका कारण छाङ्ग्रुका स्थानीय ६ महिना खलङ्गा सदरमुकाम बस्छन भने गर्मियाममा मात्र आफ्नो गाउँ छाङ्ग्रु पुग्छन् ।

पछिल्लो समयमा नेपालको तर्फबाटपनि नेपाली सेनाले सडकको लागि ट्रयाक खोल्दैछ । भारतको मिचाहा प्रबृतिले गर्दा व्यास गाउँपालिकामा अचम्म खालको दृश्य देखिन्छ । किनकी आफ्नै भूमिमा आफै हिडडुल गर्न पाउँदैनन् । व्याँस गाउँपालिकामा कालोपत्रे सडक, गोरेटोबाटो छैन् । जमिननै भिरालो परेकोले उब्जनी समेत हुँदैन् । आफ्नै भेष, भाषा, नाता गोता भएपनि टिङ्कर गुञ्जि, नावि, कुटीका स्थानीसँग भेट गर्न पाईदैन् । खासमा चारगाउँका बासिन्दालाई भारतीय सेनाले बन्दी बनाएको अनुभूत हुन्छ ।

राजनीति आन्दोलनमा २०४५ सालदेखि प्रत्यक्ष सहभागि भएका मंगल सिंह धामी आफ्नो शिक्षक पेशा छाडेर पालिका अध्यक्षमा उम्मेदवारी दिएका हुन् । नेकपा माओवादीमा रहेका धामी नेकपा एमालेमा प्रवेश गरि २०७४ को निर्वाचनमा वडा सदस्य र २०७९ को निर्वाचनमा व्याँस गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनै मंगल सिंह धामीसँग दियोपोस्टका ईश्वर विश्वकर्माले गरेको टेलिफोन सम्वाद :

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि गर्नु भएको पहिलो काम ?
व्यास गाउँपालिका (विजुली बत्ति थिएन) अध्यारो थियो उज्यालो बनाएका छौं । विद्युतको पहुँच पुगेको थिएन, राष्ट्रिय प्रशारणलाईनले छोएको थिएन् । पालिकासम्म प्रसारणलाईनलाई जोडेर उज्यालो बनाएका छौं ।

गाउँपालिको विकासलाई कसरी बुझनु हुन्छ ?
पूर्वाधारपनि छ र सम्भावनापनि छ तर चुनौतीहरु धेरै छन् । ५१ डिग्री भन्दा भिरालो पहाडी बस्ती छ । एउटा वडा छाङग्रु र तिङकरका स्थानीय ६ महिनामात्र बस्छन, ६ महिना सदरमुकाम खलंगामा बस्छन् । विकासको कुरागर्दा २ वडामा मोटरबाटोको ट्याक्नै पुगेको छैन् । बाटो नपुगेसम्म कस्तो प्रकारको समृद्धि गर्ने चुनौति धेरै छ ।

तपाईको गाउँपालिकामा स्वास्थ्य, शिक्षा लगाएत आधारभूत विषयमा त्याँहाका जनताको जिवनस्तर चाही कस्तो छ नी ?
स्वास्थ्यको कुरागर्दा दार्चुला जिल्लामै एमबीबीएस डाक्टरको कमि छ । अहेवले सेवा दिने गरेका छन् । भने जस्तो दक्ष जनशक्ति छैन् । सामान्य उपचारमात्र हुन्छ । आधारभूत तहमा भने जस्तो सेवा दिन सकेका छैनौ । अहिले १५ शैयाको अस्पताल वडा नं. ६ मा निर्माण गरिसकेका छौं । शिक्षाको अवस्था हेर्ने हो भने, ओरालो लाग्दो छ । शिक्षा क्षेत्रमा समग्र नेपालनै पछि परेको अवस्था हो । किनकी स्थानीय शहरमा मुखी भएका छन् । बोडिङ्गमा पढ्ने गाउँका सरकारी स्कूलमा नपढ्ने अवस्था हो । गाउँका विद्यालयमा विद्यार्थीको चाप घटेको अवस्था छ । यद्यपी हामीले शिक्षामा नेपाल सरकारबाट आउने दरबन्दीहरु भन्दा माथि उठेर ५८ जना सहजीकर्ता नियुक्ती गरेका छौं । हामीले शिक्षामा अपेक्षाकृत लगानी गरेका छौ तर रिजल्ट एसईईमापनि राम्रो आउने अवस्था छैन् ।

कृषिमा सुधारको योजना कस्तो छ ?
कृषिमा अघिल्लोवर्ष १ करोड २० लाख छुट्याएकोमा ४० लाखमात्र प्राप्त भयो । यसको बाबजुतपनि हामीले व्यास गाउँपालिकामा १८ महिने कृषि जेटीएको कोष गराएका छौं । जेटीए तालिममा ४० जना उत्तिर्ण भएका थिए । ४० जनालाई आलुको पकेट क्षेत्र बनाउन पहल गरेका छौं । तर कोल्डस्टोको कमिले गर्दा बर्षायाममा आलु सडेर जाने भएकोले खाद्यबोर्डसँगपनि सम्झौता गरेका छौं । रैथाने बालिमा कोदो, फागुनो, चिनो, भटमास, गहत, राजमा हुने गरेको छ । उत्पादनको लागि आकासे पानीको भर भएकोले र भिरालो जमिन भएकोले कहिले काही धेरै पानी पर्दा उत्पादन बगाउने हुन्छ । हाम्रोमा लगानी गरे अनुसारको उत्पादन हुँदैन् ।

व्यास गाउँपालिकामा कालोपत्रे सडक, बिजुली, सञ्चार, खानेपानीको सुविधा कस्तो छ ?
कालोपत्रे सडक सदरमुकाम खलंगामा मात्र छ । कालोपत्रे सडक हिड्नको लागिपनि व्यास गाउँपालिकाबाट १८ किलोमिटर पैदल (हिडेर) सदरमुकाम खलंगा जानुपर्छ । यस पालिकामा कुनैपनि सडक छैन् । पछिल्लो समयमा नेपाली सेनाले वडा नं. २ मा भरखरै सडकको ट्रयाकमात्र खोलेको छ । अरु वडामा जान गोरेटो बाटोमात्र हो । सञ्चारको कुरागर्दा अल्लो डाँडाहरुमा, पल्लो डाँडा गएर कुरा गर्ने स्थिति छ । यस पालिकामा तीनवटा टावर बनाएका छन् । छाङग्रुमा राम्रैसँग कुरागर्न मिल्छ । यस पालिकामा समस्यानै छ सञ्चाको कुरागर्दा । धौलाकोटमा सानो मिनी टावर बनाएको छ, त्यसैले २जी सम्मका टेलिफोनहरु चलेका छन् । अशिक्षा, गरिबी, रुढीबादी राज्यको पहँुच नपुगेको कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्तो क्षेत्रहरुमा जुन तरिकाले अतिक्रमण भएका छन् । यस्तो प्रकारको स्थिति भएको अर्को प्रकारको एउटा नाम हो व्यास गाउँपालिका भन्दा फरक पर्दैन ।

तपाईहरुत त्यहीको स्थानीय हुनुहुन्छ केन्द्र सरकारले कालापानि, लिपुलेख, लिम्पियाधुरा सहितको नक्सा जारी गरे यता कस्तो समस्या झेल्नु भएको छ ?
राज्य (आफ्न्त)बाट टाढा छौं, छिमेकीको आँखो बनेका छौं । आफ्नै गाउँमा जानपनि छिमेकीको अनुमति लिनुपर्छ । भन्नुस् कस्तो अवस्था होला, हामी कसरी बाँचेका होलौ कल्पना गर्नुस तपाई । राज्य सिंहदरबाट बाहिर निस्कदैन, हामीचाही राज्य छ भनेर बाँची रहेका छौं । यकताका छाङग्रुमा डीओपीको पोस्ट स्थापना गर्नको लागि सीडीओ, एसपी, डिआईजी लगाएतको टोली भारतको बाटो हुँदै जानुपर्ने थियो त्यसबेला मलाई बाटैबाट फर्काइयो, किन फर्काइयो अझै अनविज्ञ छु । काठमाडौंमा बसेर कालापानी, लिपुलेक, लिम्पियाधुराको नारा बोकेर हिड्दा राष्ट्रबादी भन्ने चलनको अन्त्य हुनुपर्छ । भारतको हेपाहा प्रबृति बन्द गर्नुपर्छ ।
खासमा यो समस्या कालापानीको होइन महाकाली नदिको मुलको समस्या हो राज्यले दिर्घकालीन समाधान गर्नुपर्यो । समस्या एकातिर छ, अर्कोतिरको नारा बोकेर नहिड्नु राज्यलाई सुझाव हो । सिमाना महाकाली मुललाई मान्नेकी के हो । यहाँको वातावरण असहज छ । किनकी व्यास गाउँपालिकाका बासिन्दा भारत मुखीनै छौं । भारतीयबाटो प्रयोग गरेर हिड्डुल गर्नुपर्ने हुन्छ । धेरैनै असहज भएको छ । खासमा राज्यत देखाउने दात जस्तै छ हाम्रा लागि ।

कालापानी, लिम्पियाधुरा, लिपुलेकको विषयलाई लिएर काठमाडौंको माईतिघरमा आन्दोलन गरिरहदा त्यहाँका स्थानीयले न्याय पाएको महसुस हुन्छ ?
आन्दोलन जहाँ बसेर गरेपनि केही हुनेवाला छैन् । भारतको मिचाहा प्रवित्ती उस्तै छ । समाधानको लागि सुगौली सन्धीनै पुनरावलोक नगरि हुँदैन । व्यास गाउँपालिकामा देखिएको समस्यालाई नपाल र भारतका प्रबुद्ध वर्ग, सिमाविदहरु र अन्तर्राष्ट्रिय पानीको छाल नापन यन्त्र र विज्ञहरु बसेर समस्याको समाधान खोज्नु पर्छ । आन्दोलन समस्याको समाधान होइन । कुटनीतिक पहलले जीटुजी नेपाल भारतबीचको उच्चस्तरीय समिति बनाएर समाधान गर्नु पर्छ । नेपालको भूमि हाम्रा आफनत व्यास गाउँपालिकाका माथितिर रहेका तीन गाउँहरु गुञ्जी, कुटी र नावीमा भारतले तीन लेनको पक्किसडक बनाएको छ । यसो गर्दापनि हामी टुलुटुलु हेरी रहेका छौं । ती तीन गाउँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनै आउनु भएको थियो । ती तीन आफ्नै गाउँटोलमा हामीलाई अनुमतिनै छैन् । नाममात्रको ठाउँ हो, राज्यको लिष्टमा त्यसठाउँका स्थानीएको नाम छैन् । त्यसकारण जहाँ बसेर आन्दोलन गर्दापनि केही हुँदेन् । प्रत्यक्ष धरातलमा हामी हेपीएर बसेका छौं ।

अझै त्यहाँको जनता नेपाल आउँदा भारतको बाटो प्रयोग गर्नुपर्छ हो ?
नेपाल भारतको भेषभुषा, भाषा रहनसहन, संस्कृति मिल्छ, विवावारी हुन्छ बाटो हिड्नु सामान्य हो । अहिलेका नेपालका सडक पञ्चायतकालमा भारतले बनाएको थिए । बहुदलिय व्यवस्थाको पुनस्थापना पछि तिबाटोहरु भत्कदै गए । पछिल्लो समयमा भारतले सेनाको बटालियननै राखेर तीनलेनको सडक बनाएको छ र नेपालका कामदारलाई समेत सिमा खुल्ला राखीयो, तुईनको व्यवस्था गरिदियो र रोजगारी सिर्जना समेत गराएको थियो । खासमा नेपालको पैदलबाटो सानो थियो । कम प्रयोगमा भयो र राज्यको ध्यान नगएका कारण भारतको बाटो प्रयोग गर्न बाध्य भएका छन् । पछिल्लो समयमा नेपालबाट पनि नेपाली सेनाले बाटो बनाउदै छ । बाटो बनाउँदा व्लाष्ट गरिएको छ त्यसको क्षतीपूर्ति भारतलाई तिर्नुपर्ने अवस्था आउन सक्छ ।

स्थानीयतहले विकासको नाममा जथाभावी डोजर स्काभेटर लगाएर पर्यावरण ध्वस्त बनाइएको भनेर माहालेखापरीक्षकको प्रतिवेदनमा सार्वजनिक गरिएको छनी ?
महालेखापरीक्षकज्यूहरु माननीय भएपनि श्रीमानु भएपनि उहाँहरु यथार्थ धरातलमा आउनुपर्यो । कस्तो प्रकारको निर्माणलाई ध्वस्त भन्ने । खासमा उहाँहरुपनि नेपाली हो हामीपनि नेपाली हौ । यो नेपाल हाम्रोपनि राष्ट्र हो । हामीलाईपनि विकास चाहिएको छ । काठमाडौंमा विकास भएको ठाउँमा विकाका नाउँमा डोजर चलाउनदा आतंक, ध्वस्त भएन । हामी दुरदराजका राज्यको पहुँच छैन् । नेपाली भएर बाँच्ने स्थिति नहुने अवस्था छ । यस्तो ठाउँमा सडक बनाउँछु भन्दा ध्वस्त हुने । कुनै स्थानीयले गलत गरेका होलान तर एउटै तुलोमा जोख्नु भएन भन्ने हो । व्यास गाउँपालिकाको विकटताको हिसावले हेर्नेहो भने । डोजरमात्र हैन् व्लास्ट गरेर सडक खोल्नुपर्ने अवस्था छ । ठूला ठूला चटान, यामानका पहाड छन् ।
खासमा पीडित हामी हौ, न यहाँ राज्य छ, न सुरक्षा छ । आफ्नै जमिनमा जानको लागि अर्काको बाटो हुँदै जानुपर्ने अवस्था छ । अनि केन्द्रमा सुकिला सडक र सुकीला गाडीमा हिडेर हामीलाई ध्वस्त बनायो भन्ने । के यो बनजंगल नेपालको होइन र ? के बनमन्त्रालय नेपालको होइन ? अनि हामी नेपाली होइनौ र ? विकास हामीलाई पनि चाहीएको छ । अक्फोड विश्वविद्यालयमा पढेर महालेमा जागिर खाने वा सचिव उपसचिव बन्ने अनि अमेरिकाको मोडेलमा विकास खोजेर हुन्छ ? व्यास गाउँपालिकाका आउ विकास कस्तो र कसरी हुन्छ सिक्नुस् र प्रतिवेदन तयार गर्नुहोला ।

उपभोक्ता समितिको आडमा आफ्ना मान्छे राख्ने र निर्माण तथा ठेक्काको कामहरु आफै गर्ने भनेर महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ के यो सत्य हो ?
यो होला, यसको अनुभव मलाईपनि छ । मैले त्यस्तो हुनुबाट रोकेको छु । तर जुनप्रकारको पञ्चाएतकालमा, बहुदल व्यवस्थाको ८,१० वर्षको बेलामा केन्द्रमा भ्रष्टचार हुने गरेको थियो । अहिले सिंहदरवारको अधिकार गाउँ–गाउँमा पुगेको छ । सिंहदरवारसँगै भ्रष्टचारपनि गाउँ गाउँमा पुगेको छ । किनकी उपभोक्त समितिको नाउँमा यस्ता घटना घटेका छन् । मेरो विचारमा उपभोक्ता समिति हुनका लागि पनि निर्वाचनको व्यवस्था गर्नु पर्छ । उपभोक्ता समिति हुने वित्तिकै ठेकेदार हुनुपर्ने तर समिति भनेको के हो चेतनाने हुँदैन । उपभोक्त समितिले विना योजना माग गर्ने यो घाटा पालिकालाई हो । ठेकदारले एक लाखको काम ५०, ५५ हजारमा लगेको छ तैपनि मलाई घाटा भयो भन्दैन । उपभोक्ता समितिले एक लाखको काम गर्यो भने, भोलिपटक आएर घाटा भयो भन्छ । जनतापनि सचेत हुनुपर्यो । किनकी, घ्यू छ भने घ्यूमा डाल्डा मिसाएर बेच्ने, भटमासमा ढुङगा मिसाएर बेच्ने यो चरित्र भएन, खासमा जनताको सोचाईपनि छिटो कमाउ भन्ने भएको छ ।

स्थानीय तहमा आर्थिक अनुशासन उलंघनका घटना धेरै हुने गरेका छन् भनिन्छ । सुशासन कायम गर्न कस्ता कार्ययोजना बनाउनु भएको छ ?
सुशासन कायम गर्नको लागि हामी सबै निमित्तको भरमा छौ. । प्रमुख प्रशासकीय अधिकृत दिनुपर्यो । लेखा अधिकृतको दरबन्दी छ अधिकृत पठाईदिनु पर्यो । कस्तो खाले कार्ययोजना बनाउने हो हामीलाई सजिलो हुन्छ । सबै चिजबाट बञ्ति गर्न पाईन्छ । राज्यका यस्ता व्यवहारले संविधानको उलंघनत भएको छैन् । आर्थिक अनुशासन अलंघन नहुनको लागि जानकारहरु हाम्रो स्थानीयतहमा आईदिनु पर्यो र सरकारले पनि जानकार पठाउनु पर्यो । जानकार र हाकीमहरु काठमाडौं केन्द्रीत, प्रदेश केन्द्रीत हुने । गाउँपालिकाको अपठ्यारो अवस्थामा जानकार नहुने । अनि हामीले कुन प्रकारको कार्यविधिमा टेकेर काम गर्ने । अर्को कुरो बेरुजु आएको अवस्था हो । कही कतै सैदान्तिक बेरुजु बनाए पनि छन् ।

स्थानिय तहको परिकल्पना अनुसार जनताले सेवासुविधा पाएका छन त ?
पाएका छन् । व्यास गाउँपालिकामा बैंकमा खाता नखोलेका जनताहरु थिए । हरेक जनताको बैंकमा खाता खोलिएको छ । जन्मदर्ता बसाइ सराईका बागजात घरबसी बसी पाईन्छ । तर जनताले जुन प्रकारको अफनत्व पाउनुपर्ने थियो तीसब पाएका छन् । करको कुरागर्दा मालपोत कार्यालयमा दुईतीन दिन लगाएको जानुपर्ने थियो । यसलाई स्थानीयतहमा हुने व्यवस्था मिलाएका छौं । पाउनुपर्ने सुविधाबाट बञ्चित गरेका छैनो । जनतामा आएको चेतना अनुसारको रोजगारी छैन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि व्यास गाउँपालिकाबाट हामी गरिब, असाय, पीडित छौं भनेर एकहजार जनाको फम संकलन गरेर पठाएका थियौ । पछि छनौट भएर आउँदा एकहजारमा ७३ जनाको मात्र छनौटमा परेछ । गाउँपालिकाले पठाएको फममा पनि खेलवाड हुन्छ । यसो हुँदा सिंहदरबार गाउँमा होइन, उतै छ जस्तो लाग्छ । राज्यले जनतालाई भनेजस्तो सेवासुविधा बाट बञ्ति गरेको महसुस हुन्छ ।

बेरोजगार युवालाई रोजगार दिन कस्तो कार्य योजना ल्याउनु भएको छ ?
बेरोजगार युवाका लागि तालिम दिने गरेका छौं । जो जस्तो सिप सिक्न चाहान्छ त्यस्तै सिप सिकाएका छौं । जस्तै, चाउमिन, निम्की, हेयर कटीङदेखि सबै प्रकारका तालिम दिएका छौ. । साथै इलेक्ट्रिसीएनको तालिमपनि गराएका छौं । तर सोचेजस्तो छैन् ।

अन्तमा, तपाईको यो पाँचवर्षे नेतृत्वले गाउँपालिकालाई कस्तो बनाउने छ ?
सबै भन्दा पहिले चेतनाको लहर फैलाउनु छ । यो देश, गाउँको निमित, अपनत्व झल्कने खालको बनाउनु छ । समृद्धिको बाटोतिर ‘सुखि नेपाल समृद्ध नेपाल’ भन्ने नाराका साथ अघि बढ्नु छ । सुखि र समृद्धको लागि हामीले एउटा नीतिनै बनाएका छौं । एक घर एक रोजगार, खाने पानीका धारा, र अध्यारो व्यासलाई उज्यालो व्यास बनाउने कार्ययोजना छ ।

तपाई शिक्षक पेसा छाडेर राजनीतिमा आउनु भएको रहेछ । विद्यार्थीको सेवागर्न सजिलो की, जनताको सेवागर्न ?
गाउँले जिवनसैलीमा बसेर, जनताको सेवागर्न सजिलो हो । विद्यार्थीको कुरोगर्दा पढाउन गर्यो छ । समाजलाई पढाउन सजिलो छ । विद्यार्थीलाई गर्यो छ । अव यो र त्यो भन्दापनि जनताको सेवागर्न आएको छु सेवा गर्नेनै हो ।

उनै मंगल सिंह धामीसँग दियोपोस्टले गरेको टेलिफोन सम्वाद :