दार्चुला । संघिय र प्रदेश सरकारको सेवासुविधाबाट टाढा रहेको अपिहिमाल गाउँपालिका सुदुरपश्चिम दार्चुलामा पर्दछ । नेपाल जलस्रोतको दोस्रो देश भएपनि अपिहिलमालका स्थानीयहरु उज्यालोबाट बञ्चित भएका छन् । व्यवारीसे बनेका विकासे बजेटले यस पालिकालाई छुन सकेको छैन् । किनकी यस पालिकामा पैदलबाटो बाहेक सडक छैन् । न राष्ट्रिय सडक सञ्जालले छोएको छ । तन राष्ट्रिय प्रशारणलाइनले नै उज्यालो दिएको छ । अध्यारोमा छन यहाँका बासिन्दा । पानीको छाङ्गो, छहरा देखिएपनि खानेपानीको औधी समस्या देखिएको यस अपिहिमालमा पछिल्लो समयमा एकघर एकधाराको अवाधारण अपनाईएको छ ।
अपिहिमाल सुदुरपश्चिमकै एक अग्दो हिमाल हो । तथर्स अपिहिमालको नामबाट यो पालिकाको नामाकरण भएको छ । पालिकाको पूर्वमा बझाङजिल्लाको सुरमा गाउँपालिका, पश्चिमा छबीसेपाथिभरा गाउँपालिका, उत्तरमा व्यास र दक्षिणमा दुहुँ गाउँपालिका र मार्मा, नौगाड गाउँपालिका रहेका छन् । ६१३ वर्ग कि.मी.क्षेत्रफल रहेको पालिकामा ६ बटा वडा छन् भने ७ हजार पाँचयस स्थानीयहरुको बसोबार रहेको छ ।
भक्तसिंह ठेकरे बोहरा अपिहिमाल गाउँपालिकाका अध्यक्ष भएका छन् । नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटि सदस्य रहेका बोहरा, अखिल क्रान्तिकारी केन्द्रीय विद्यार्थी राजनीतिबाट प्रवेश गरेका हुन । बोहरा अहिले प्रदेश कमिटि सचिवालय सदस्य समेत छन् । उनै भक्तसिंह ठेकरे बोहरासँग दियोपोस्टका ईश्वर विश्वकर्माले गरेको टेलिफोन सम्वाद :
गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि गर्नु भएको पहिलो काम के हो ?
अपिहिमाललाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्दै नीतिबनाएका छौं । सुशासन कायम गर्नकोलागि सूचना अधिकारीको समुह बनाएका छौं । किनकी जनताका गुनासोहरु छिटो छरितो तवरले निराकरण होस् । हामी नजता खुसी र सुखि भएको हेर्न चाहान्छौं ।
गाउँपालिको विकासलाई कसरी बुझनु हुन्छ । विकसीत बनाउन सबै पूर्वाधार छन् त ?
अपिहिमाल गाउँपालिका सुदुरपश्मि दार्चुलाकै दुर्गम र अन्तिम पालिका हो । हालसम्म मोटरबाटोले छोएको छैन् । नेपाल लजस्रोतको दोस्रो धनि देश भएपनि विजुलीको पहँच नपुगेको पालिका हो । यहाँ विजुली बत्तिको नामनिसाना भेटिएको थिएन, राष्ट्रिय लार्यनको के कुरा गर्नु । अहिले आएर हाम्रो कार्यकालमा राष्ट्रिय लाईनका पोलहरु गाडिन थालेका छन् ।
विकास भनेको यो गाउँपालिकाले देख्न पाएको छैन् । किनकी यस पालिकामा कालोपत्रे सडकको गन्दसम्म आउदैन । यो जिम्मेवारी संघिय सरकार र प्रदेश सरकारको दायित्वभित्र पर्छ र हामीले पनि पहल गरिरहेका छौं । तर जिम्मेवारी कसैले देखाउन सकेका छैनन् । पर्यटकीय गन्तव्य भएका ठाउँमा हामीले पदमार्गहरुले जोड्नेकाम गरिरहेका छौं । पछिल्लो समयमा १५,२० किलोमिटर पदमार्ग निर्माण गरेका छौं । गाउँगाउँमा कोरिडोर बाटो बनाएका छौं । स्वास्थ्य संस्थाको स्तरोनती गरेका छौं । विद्यालयको पूर्वाधार निर्माण गर्नेका गरेका छौं । मुख्य सवाल, विकासका लागि सडकबाटो पालिकासम्म नपुग्दा ठूला पूर्वाधारका काम गर्नका लागि धेरै अप्ठेरो भएको छ । संघिय र प्रदेश सरकारले बजेट विनियोजन गर्ने क्रममा हाम्रो पालिकालाई सडकका लागि बजेट छुट्याउन अनुरोध गर्दछु । र पहलपनि गरिरहेको छु । सञ्चारको सेवा सहज बनाएका छौं ।
तपाईको गाउँपालिकामा स्वास्थ्य, शिक्षा लगाएत आधारभूत विषयमा त्याँहाका जनताको जिवनस्तर चाही कस्तो छ नी ?
सामुदायिक स्वास्थ्य केन्द्रबाट आधारभूत आवश्यकता पुरा गरेका छौं । सडक सञ्जाल नजोडिएको हुँदा भने जस्तो सेवा दिन पाएका छैनौ । दुईवटा स्वास्थ्य चौकीबाट सेवा दिँदै छौ्रं । सेवाका लागि कर्मचारीको पर्याप्त प्रवन्ध मिलाएका छौं । घुम्ति स्वास्थ्य सिविरपनि चलाएका छौं । वर्षमा दुईपटक विशेषज्ञ चिकित्सको टोलिसहित स्वास्थ्य सिविर चलाएका छौं । विद्यालयमा खालिभएका दरबन्दिलाई परिपूर्ति गरेका छौं । लगभग ८० पतिशत विद्यालयका भौतिक पूर्वाधार सम्पन्न गरेका छौं । बाँकी यसैकार्यकालमा सम्पनन गर्ने छौं । शैक्षिक गुणस्तर कायम गर्नको लागि क्यालेन्डर बनाएर शिक्षकलाई तालिम र प्रतिभा भएकालाई पुरस्कृतको व्यवस्था मिलाएका छौं ।
कृषिमा सुधारको योजना कस्तो छ ?
हाम्रो क्षेत्रमा आलु, राजमादाल, स्याउ, ओखर हनेहुनाले त्यस क्षेत्रलाई विस्तार गर्ने काम भएको छ । रैथाने बालिलाई संरक्षण गरेका छौं । हामीले अर्गानीक अपिहिमाल कार्यक्रमनै सञ्चालन गरेर विकासमा लागि अघिबढेको अवस्था हो ।
स्थानिय तहले विकासको नाममा जथाभावी डोजर स्काभेटर लगाएर पर्यावरण ध्वस्त बनाइएको भनेर माहालेखा परिक्षकको पटक पटकको प्रतिवेदनमा सार्वजनिक भएको पाईन्छ । त्यहाको अवस्था चाही कस्तो छनी ?
हाम्रो पालिकामा बाटोनै छैन् । सडकको स्वरुपनै नभएको ठाउँमा कसरी स्काभेटर डोजर हुन्छ । तैपनि मेरो कार्यकालमा संघिय र स्थानीय सरकारले बजेट दियो भने यसपालि सडक बनाउने योजना चाही बनाएका छौं । तर हामी नीति विपरित गएर ध्वस्त बनाएर सडक चाही बनाउँदैनौ ।
उपभोक्ता समितिको आडमा आफ्ना मान्छे राख्ने र निर्माण तथा ठेक्काको कामहरु आफै गर्ने भनेर महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ के यो सत्य हो ?
सबै पालिकाहरुमा त्यस्तो नहोला । महालेखाले कुनैपालिकाको प्रतिवेदन सार्वजनिक गर्दा त्यस्तो देखेको हुनुपर्छ । मेरो पालिकामा उपभोक्ता देखि भूक्तानी प्रकृयासम्म सबै पारदर्शिता भएको पाउन सक्नु हुन्छ । हामी सार्वजनिक सूचना जारी गरेर उपभोक्ता समिति गठन गरेका छौं । ठेक्काको सन्दर्भमा हामी आएपछि सार्वजनिक खरिदको नियम अनुसारनै इ–टेन्डरबाट जान्छौं । सानो खरिद देखि एक लाखभन्द माथिका सबै खरिदमा हामीले इ–टेन्डर बाटनै ठेक्का प्रक्रिया गरेका छौं । कोटेशनको कुरामा हामीले प्रतिवन्दै लगाएको अवस्था हो । पहिला कोटेशनबाट हुने गरेको रहेछ म आएपछि इ–टेन्डरबाट प्रक्रियाहरु हुने गरेको छ ।
स्थानीय तहमा आर्थिक अनुशासन उलंघनका घटना धेरै हुने गरेका छन् भनिन्छ । सुशासन कायम गर्न कस्ता कार्ययोजना बनाउनु भएको छ ?
पहिलो कुरा सुशासन भनेको आफ्नो अनुसासन पनि हो । हामीले आफैबाट प्रतिवद्ध भएर सुशासन कायम गर्ने हो । आफैबाट सुरुगरियो भने सुशासन कार्यान्वयन हुन समय लाग्दैन् । प्रमुखले जसरी कार्यगर्छ जनप्रतिनिधिले पनि त्यसैगरि सिक्छन् । त्यसकारण प्रमुखनै सुशासनको मुख्य पात्र हो । कानून त छन तर पनि मुख्य भूमिका प्रमुखकै हुन्छ । म सुशासन भित्र रहेर कार्य सम्पादन भएको पाउनु हुने छ ।
स्थानिय तहको परिकल्पना अनुसार जनताले सेवासुविधा पाएका छन त ?
संघिय राज्यव्यवस्थाको सबैभन्दा सुन्दर उपहारको रुपमा स्थानीय सरकारलाई लिनु पर्छ । स्थानीय जनताको घरदैलोको सरकार भएको कारणले दैनिक समस्यादेखि दिर्घकालीन समस्या समाधान गर्ने एउटैमात्र भरपर्दो र विश्वासीलो सरकारको रुपमा यसलाई लिन सकिन्छ । धेरै घटनाक्रमले यसलाई पुष्टिपनि गरेको छ । जस्तै कोभिड या त्यसभन्दा पछाडिका भूकम्प, बाढीपैरो घटनाले यीनै कुरा पुष्टि गरेको छ । नजिकको सरकारले तत्कालै सोचविचार गर्न सक्छ, राहत दिनसक्छ । तर स्थानीय सरकार भएकै कारणले सहज भएको हो । त्यसकारणपनि स्थानिय सरकारको परिकल्पना संविधानले गरेको त्यो हिसाबले सफल छ भन्ने लाग्छ ।
बेरोजगार युवालाई रोजगार दिन कस्तो कार्य योजना ल्याउनु भएको छ ?
तालिम दिएर सोरोजगार बन्ने कुराहरुले पहिलो प्राथमिकतामा परेका छन् । पर्यटन क्षेत्रमा रोजगार बढानुपर्छ भनेर हामीले पर्यनको गन्तव्य विस्तार गरेका छौं । पर्यटनसम्बन्धी तालिम दिएर सोरोजगार बन्ने प्रयत्नमा लागि परेका छौं । होमस्टेमा रोजगारको सिर्जना गरेको पाउनु हुन्छ । पछिल्लो समयमा हामीले नवप्रवर्धन कार्यक्रम मार्फत युवाहरुलाई तालिम दिने र उहाँहरुकै इच्छा अनुसारले पेशा व्यवसायले अनुदान स्वरुप पैसादिएर सोरोजगरा बनाउने यो कार्यक्रम पनि हामीले लागु गरेका छौं । अर्को युवा सोरोजगराको साझेदारीमा दुई लाखसम्म सस्तो व्याजदरमा व्यवसाय गर्नको लागि ऋण अनुदान दिने कार्यक्रम हामीले चलाएका छौं । यसले धेरै युवालाई सोरोजगार दिएको हाम्रो ठम्याई छ ।
अन्तमा, तपाईको यो पाँचवर्षे नेतृत्वले गाउँपालिकालाई कस्तो बनाउने छ ?
सुन्दर, समृद्ध र विकसीत बनाउने छ । यसै सोचका साथ अघि बढेका छौं । र मेरो पाँचवर्षे कार्यकालभित्र अपिहिमाल गाउँपालिका सुसाशनको क्षेत्रमा सुदुरपश्चिमकै उत्कृष्ठ गाउँपालिका हुने छ । उत्कृष्ठा बनाउने घोषणा पनि गरेका छौं । त्यसै अनुरुप संघिय मन्त्रालयले, वित्त आयोगहरुले गर्ने मुल्याङ्कन सूचाङकमा हामी अगाडीनै आएको छौं । त्यसपछि अपिहिमाल गाउँपालिकालाई सुदुरपश्चिमको उत्कृष्ठ पर्यटकीय गन्तव्य बनाउने हाम्रो सोच छ । त्यसै अनुसार हामी लागि रहेका छौं । प्रचार प्रशासपनि गरेका छौ । मेरो कायकालमा यो गाउँपालिका सुदुरपश्चिमको एउटा उत्कृष्ठ गाउँपालिकाको रुपमा विकास हुन्छ । त्यही अनुसार भौतिक पूर्वाधारले सम्पन्न हुनेगरि हामी अगाढी बढ्छौं । यहाँका जनताले म यस पालिको जनता हुँ भन्ने बनाउने छु ।
टेलिफोन सम्वाद :