मुगुमा यार्सा सङ्कलनमा गएका ३ जनाको लेक लागेर मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौं । पाटनमा सिकिस्त विरामी भई मुगु गाउँतर्फ ल्याउँदै गरेका थप १ जना संकलकको मृत्यु भएको छ ।

शनिवार दिउँसो ठूलो कोइकी पाटनबाट मुगु गाउँतर्फ ल्याउँदै गरेका छायानाथ रारा नगरपालिका वडा १२ का राज बहादुर सावतको बाटोमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी मुगुका प्रहरी निरीक्षक विरेन्द्र थापाका अनुसार यसअघि लेख लागेका मुगु गाउँ पुर्याइएका सोही नगरपालिका सोही वडा शोभा गाउका वर्ष १९ का मन बहादुर बुढा र कम्फा गाउँका २१ वर्षिय शोभान बुढाको मृत्यु भएको थियो ।

राज बहादुर सावतको मृत्युसङ्गै यासा टिप्न गएर लेख लाग्दा मृत्यु हुनेको संख्या ३ पुगेको थापाले बताए । तिनै जना छायानाथ रारा नगर पालिका वडा न १२ का स्थानीय युवा हुन् ।

उच्च हिमाली पाटनमा पाइने बहुमुल्य, बहुउपयोगी यार्सागुम्वा टिप्नका लागि पाटन पुगेका मध्ये आधा दर्जन संकलकहरुको लेख लागेर,पेट दुखेर,लडेर,हिउँ पहिरोमा परेर मृत्यु हुने गरेको छ ।

गत वर्ष यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका ३ जनाको हिउँ पहिरोमा परेर र १ जनाको खोला खसेर मृत्यु भएको थियो ।

पाटनमा सुरक्षा टोली र स्वास्थ्य टोलि निश्चित ठाउमा बस्ने तर संकलकहरु दिन टाढाका पाटनहरुमा पुग्ने भएकाले विरामी पर्दा उपचार सेवा लिन र दिन समस्या हुने गरेको छ ।

मुगुका २ दर्जन बढी पाटन क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ्ग गाउपालिकाले गत १५ गते मात्र वन पाटन प्रवेश खुल्ला गरेको थियो ।