कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोरकाे शव फेला

दियोपोस्ट संवाददाता

धनगढी- कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोरको शव भेटिएको छ।

बेपत्ता भएका धनगढी उपमहानगरपालिका निवासी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरीकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।

उनीहरू ७ जनाको समूहमा दिउँसो करिब २ बजे खुटिया नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा चारजना डुबेर बेपत्ता भएका थिए। अन्य तीन जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ।

प्रहरी र स्थानीय बासिन्दाको सहकार्यमा खोजी कार्य जारी रहँदा सबै बेपत्ताको शव फेला परेको हो।

सम्बन्धित खबर