सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्की : राज्यले अझै छुन सकेको छैन्, सञ्चारबाट धेरै टाढा छौं !

कर्णाली प्रदेश ‘हुम्ला’

- ईश्वर विश्वकर्मा  

हुम्ला । कर्णाली प्रदेशमा पर्ने हुम्ला जिल्ला राज्यबाट धेरै पछीपरेको छ । हुम्ला जिल्लामा नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका रहेका छन् । जैन, रिप, उनापानि, साँया, गोठी, बराँइ, रोडिकोट र राहादेव गरि ८ वटा मिलेर सर्केगाड गाउँपालिकाको नामाकरण भएको हो । सर्केगाडको कुल जनसंख्या १०,६८८ रहेको छ ।

बिजुली, सञ्चार र सडकबाट पछीपरेको गाउँपालिकाको बारेमा उपाध्यक्ष चन्द्र सिंह कार्की ‘मुक्ती’ सँग स्थानीय सरकारसँग दियोपोस्ट स्तम्भका लागि टेलिफोन सम्वाद गरेका हौं । १० वर्षे जनयुद्धमा हुमिएका चन्द्रसिंह नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन भने, हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष । उनै कार्कीसँग दियोपोस्टका ईश्वर विश्वकमाले गरेको टेलिफोन सम्वाद :

गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएपछि गर्नु भएको पहिलो काम ?
सर्केगाड गाउँपालिका सबै वडामा बाटो पुर्याएका छौं । एक रोड एक गाउँको अवधारणा अनुसार हामीले काम गरिरहेका छौं । गाउँलाई विकसित बनाउ लागि परेको अवस्था हो ।

तपाईले गाउँपालिकाको विकासलाई कसरी बुझ्नु हुन्छ ?
प्रदेश र संघको विकास भन्दा पनि गाउँको विकास हुनुलाई जनताको आमुल परिवर्तन हुनु हो भन्ने बुझेको छु । गाउँको विकासले गाउँका जनताको मुहार फेरीन्छ । गाउँले जिवनलाई सहज र सरल बनाउन मद्दत पुर्याउछ । स्थानीय जनतालाई सरल र सुखी बनाउनु हाम्रो कर्तव्य यसैलाई विकास भन्ने बुझेको छु ।

स्वास्थ्य, शिक्षा लगाएत आधारभूत विषयमा त्यहाका जनताको जिवनस्तर कस्तो छ ?
भने जस्तो सहज त छैन् । तरपनि यो सर्केगाड गाउँपालिका भनेको दुरदराजमा पर्ने गाउँपालिका हो । राज्यबाट टाढा र पछीपरेको गाउँपालिकाको रुपमा लिन सकिन्छ । त्यसकारण हामीले गाउँको अवस्था हेरेर स्वास्थ्य सिविरदेखि खोप कार्यक्रम सञ्चालन गर्ने गरेका छौं । दुरदराजको गाउँपालिका भएको कारणले समयमै औषधि उपचारमा समस्या भएको छ । तैपनि हामीले उपचारको लागि केही अनुकुलता अपनाएका छौं । त्यसै अनुरुप काम गरिरहेका छौं । तर भने जस्तो विज्ञ डाक्टर नभएकाले समस्या भएको छ । यहाँका स्थानीयलाई आफ्नो रगतको समुह समेत नजानेको अवस्था हो । त्यसैले पनि हामीले ल्याब सञ्चालन गरेका छौं । आँखा सम्बन्धी शाखा क्लिनिक सञ्चालन गरेका छौं । गर्ववतीलाई सहज होस भनेर अल्ट्रासाउड पनि राखेका छौं ।
शिक्षाको कुरागर्दा सर्केगाडमा धेरै विद्यालय खोलिएकोले मर्जज गर्ने उद्देश्यीयले कार्यविधी बनाएका छौं । र स्थानीय पाठ्यक्रमको तयारीमा जुटेका छौं । चार वटा माबि र ३२ वटा सामुदायक विद्यालयहरु छन् । पठन पाठनमा ठिक्कै ठिक्कै छ ।

कृषिमा सुधारको योजना कस्तो छ ?
कृषिमा सुधारगर्नको लागि हामीलाई बाटोको आवश्यकता पर्ने भएकोले सडककै योजनामा लागि परेका छौं । कृषिलाई आधुनीकरण र स्थानीय बालिको लागि योजना ल्याएको अवस्था हो । एक घर एक करेसाबारीको योजना ल्याएका छौं । ४० लाखको बोलपत्र आव्हान भएको छ करेसा बारीको लागि । फलफूलका विरुवा वडा स्थतरमा वितरण गरेका छौं । वडा नं. २ मा २ हजार स्याउ र ओखरका विरुवा वितरण गरेका छौं । सुन्तलाको लागि योजना ल्याएका छौं । ६, ७ लाई भेडाबाख्राको लागि योजना बनाएका छौं । यातायातको सुविधा नभएकोले केही असहज भएको थियो । अहिले यातायात केही मात्रामा चल्न थालेको छ ।

तपाईको गाउँपालिकामा कालोपत्रे सडक र सञ्चारको सुविधा कस्तो छ ?
हाम्रो गाउँपालिकामा कालोपत्रे छैन । तर बाटो भरखर खुलेको छ । कर्णाली करिडोर मानसरोबरकै बाटो पनि खुल्दै छ । हाम्रो पालिकामा एउटा ठूलो पहाड थियो । नेपाली सेनाले ठेक्कामा सञ्चालन गरेको सडक योजना खोलि सकेको छ । सायद यो आर्थिक वर्षसम्म सदरमुकामसम्म बाटो जानेमा ढुक्क छौं । अवको एक दुई वर्ष भित्र गाउँको सडकमा कालोपत्रे पनि हुन्छ । सञ्चारको कुरागर्दा सर्केगाड गाउँपालिकामा असाध्य नाजुक अवस्था हो । टावरको लागि ठेका लागेपनि ठेकेदारको अनुहार समेत देखेका छैनौ २ वर्ष भयो । ठेकेदार भागेको कारणले अब आफै बनाउने तरखरमा लागेका छौं, केही समयमा सर्केगाडमा टेलिफोन टावर सम्पन्न हुन्छ ।

स्थानीय तहले पर्यावरण ध्वस्त बनाएको भनेर महालेखापरीक्षकले आरेप लागाएको छ ?
महालेखापरीक्षकले भनेजस्तो ध्वस्तै छैन । अन्य गाउँपालिका भन्दा सामान्य तवरले चलेको छ । विकासको नाममा ध्वस्तै बनाउने काम भएको छैन् । आफ्नो डोजर छैन् । ठेकेदारले ल्याएको डोजरले मापदण्ड अनुसार काम गरेको अवस्था हो । अनि भन्नुस ध्वस्त कसरी भयो ।

उपभोक्ता समितिले आफ्ना मानिस राख्ने र आफ्नै लाई ठेक्का दिने विषयमा तपाईको तर्क कस्तो छ ?
पहिलेको हामी जिम्मा लिन सकिदैन, तर हाम्रो कार्यकालमा यस्तो भएको छै्रन् । केही काम गर्नुपर्यो भने, सर्वजनिक र सर्वपक्षीय छलफलबाट काम गरेका छौं । आफ्नालाई होइन, राम्रालाई प्राथमिकता दिएको अवस्था हो ।

स्थानीय तहमा आर्थिक उलंघनका घटना धेरै हुने गरेको छ भनिन्छ । सुशासन कायम गर्न तपाईले के गर्नुभएको छ ?
आर्थिक अनुसाशनको कुरागर्दा हाम्रो गाउँमा कुनै खाले अनियमितता भएको छैन् । हामी अनुसासीत भएर होला, कर्मचारीपनि अनुसासीतनै काम गरेको अवस्था हो । आफु सब्य भएपछी सबै राम्रो हुन्छ । खासमा कर्णाली प्रदेश सरकारले बनाएको ऐन नियम खिलाप हामी गाएका छ्रैनौ । त्यसकारणपनि उलंघन भएको छैन् ।

स्थानीयतहको परिकल्पना अनुसार जनताले सेवासुविधा पाएका छन त ?
सेवा पाएका छन् । पहिले जिल्ला, सदरमुकाम पुग्नु पर्ने थियो । आज भोलि गाउँमै बसैकाम भएको हुन्छ । जिल्लामा ३ दिनमा हुने काम गाउँपालिकामा एक दिनमानै हुन्छ । अनि यहाँका स्थानीय जनताले भने जसरी सेवा सुविधा पाएका छन् ।

गाउँपालिकाको उपाध्यक्ष भएर काम गर्न कतिको सहज रहेछ ?
काम गर्नत गर्यो छ । तर पनि अध्यक्ष भएपछी उपाध्यक्षलाई त्यतीको भार पर्दैन् । किनकी जिम्मेवारी अध्यक्षलाई हुन्छ । हामीत केही नयाँ योजना र कार्ययोजना बनाउने र अध्यक्षको समक्ष राख्ने हो । आफु राम्रो त सबै राम्रो भने झै, अध्यक्षलाई मैले भरपुर सहयोग गरेको छु । त्यसैले असहज भएको छैन् । सर्केगाड गाउँपालिका बनाउने सवालमा अध्यक्ष र उपाध्यक्ष दुवै लागि परेका छौं । अनियमिततामा औला उठाउने हो । राम्रो काममा त सहयोगनै गरेर अगाडी बढेका छौं त्यस्तो असहज छैन् ।

अन्तमा, तपाईको यो पाँचवर्षे कार्यकालले मिक्वाखोला गाउँपालिकालाई कस्तो बनाउने छ ?
आधाउधी समय जनताको वकालत गर्दै, विकासको लागिनै वितेको छ । अब बाक्की २ वर्षको अवधीलाई सर्केगाडको सुन्दर भविष्य कोर्नुछ । राम्रो बनाउनु छ । सुसंस्कृती र समृद्धि, सम्पन्नता भएको बनाउनु छ । अध्यक्ष र म उपाध्यक्ष लागेर गाउँका स्थानीय जनतालाई सुखी र खुसी बनाउनु छ । सडक कालोपत्रे गर्नु छ । गाउँका उत्पादनलाई सदरमुकामसम्म लगेर आर्थिक पाटोलाई बलियो बनाउनु छ । त्यसैमा लागि परेको छु । अबको सयम यसैगरि वित्छ ।

 

टेलिफोन सम्वाद :

सिफारिस