
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा ‘यामाहा ब्लू फेस्ट’ सुरु भएको छ। यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले आयोजना गरेको फेस्ट असोज ५ देखि १० गतेसम्म सञ्चालन हुनेछ।
यस वर्षको ब्लू फेस्टलाई कम्पनीले ‘द बिगेस्ट एक्सचेन्ज मेला’का रूपमा प्रस्तुत गरेको छ। मेलामा ग्राहकले यामाहाका नयाँ पुस्ताका मोटरसाइकल तथा स्कुटर खरिद, एक्सचेन्ज, अपग्रेड र फाइनान्सिङको सुविधा पाउने कम्पनीले जनाएको छ ।
मेलामा पुराना दुईपांग्रे सवारीसाधन ल्याएर तत्काल मूल्यांकन गराउन सकिने व्यवस्था गरिएको छ। त्यसका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटर परिचालन गरिएको कम्पनीले जनाएको छ । पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्दा १० लाख रुपैयाँसम्मको क्यासब्याक अफरसमेत उपलब्ध हुने बताइएको छ।
त्यस्तै, नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा र ४० महिनासम्मको कम ईएमआई योजनासमेत मेलामा उपलब्ध हुने कम्पनीले जनाएको छ।
मेलामा यामाहाका नयाँ तथा अपग्रेड गरिएका स्कुटर र मोटरसाइकल अवलोकन तथा टेस्ट राइड गर्न सकिनेछ । साथै, ‘चंगा चेट’ अभियानअन्तर्गत पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न ग्राहकलाई प्रोत्साहित गरिनेछ।
छ दिनसम्म सञ्चालन हुने फेस्टमा स्टन्ट शो, टेस्ट राइड, राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग भेटघाट र कस्प्ले आर्टिस्टको प्रस्तुति पनि रहनेछ। आगन्तुकले विभिन्न गतिविधिमा सहभागी भएर हाइटेक ग्याजेट जित्ने अवसर पाउनेछन्। मेलामा डोर प्राइज तथा निःशुल्क एसेसरिजको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।