टु एस आर ग्रुप र सरस्वती एग्रोमा खाद्य विभागको अनुगमन, भण्डारण र कीट नियन्त्रणमा सुधार गर्न निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ र ललितपुरका दुई खाद्य व्यवसायको अनुगमन गरेको छ । विभागअन्तर्गतका कार्यालय र काठमाडौँ उपत्यकाका संयुक्त टोलीले नियमित अनुगमनका क्रममा टु एस आर ग्रुप  र सरस्वती एग्रो ट्रेडिङमा निरीक्षण गरेको हो।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगम गरी खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना नगरेका व्यवसायलाई सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

विभागका अनुसार टु एस आर ग्रुप प्रालि काठमाडौँको कालीमाटीमा अनुगमनका क्रममा सरसफाइको अवस्था सामान्य रहेको भएतापनि खाद्य सामग्री राख्ने ठाउँमा प्यालेटमा नराखी भण्डारण गरिएको पाइएको थियो । त्यहाँ कीट नियन्त्रणको व्यवस्था भने सामान्य रहेको विभागले जनाएको छ। टोलीले खाद्य स्वच्छता कायम राख्न, कीट नियन्त्रणको व्यवस्था थप प्रभावकारी बनाउन तथा उचित भण्डारण अभ्यास अपनाउन निर्देशन दिएको छ।

त्यस्तै, सरस्वती एग्रो ट्रेडिङ प्रालिको शाखा कार्यालय, ललितपुर महानगरपालिका-४ मा गरिएको अनुगमनमा कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नरहेको पाइएको छ। साथै, उचित भण्डारण अभ्यास नअपनाएको र विभिन्न ब्रान्डका चामलसमेत बिक्री-वितरण गर्ने गरेको पाइएको विभागले जनाएको छ।

उक्त व्यवसायलाई पनि कीट नियन्त्रणको प्रभावकारी व्यवस्था गर्न, उचित भण्डारण अभ्यास अपनाउन र खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको छ।

विभागले खाद्य व्यवसायमा नियमित अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर कायम गराउने कामलाई निरन्तरता दिइरहेको जनाएको छ। उपयुक्त शिर्षक राखिदिने

सम्बन्धित खबर

सिफारिस