
काठमाडौँ । नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको रोयल इन्फिल्ड नेपालको वार्षिक उत्सव ‘वान राइड’ कार्यक्रम आइतबार भव्यताका साथ सम्पन्न भएको छ।
देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट १ हजार ५ सयभन्दा बढी राइडरहरू यस राइडमा सहभागी भएका थिए, जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ६ सयभन्दा बढी राइडरको सहभागिता रहेको कम्पनीले जनाएको छ।
काठमाडौँको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो । राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ।

उक्त सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका प्रेसिडेन्ट रमेश तामाङ, भाइस प्रेसिडेन्ट डा.प्रभा मैनाली र आरके सिंहलाई हस्तान्तरण गरे । साथै उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिँदै जाने बताए ।
यस राइड मार्फत देशका विभिन्न स्थानमा रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर कम्युनिटीलाई एउटै प्लेटफर्ममा जोड्ने, अनुभव आदानप्रदान गर्ने तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।
रोयल इन्फिल्ड नेपालले आफ्नो राइडर कम्युनिटीलाई मोटरसाइकल र राइडिङमा मात्र सीमित नराखी सामाजिक गतिविधिसँग समेत जोड्दै आएको जनाएको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य देशका विभिन्न स्थानमा रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर कम्युनिटीलाई एउटै प्लेटफर्ममा जोड्ने, अनुभव आदानप्रदान गर्ने र सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्नु रहेको जनाएको छ ।
रोयल इन्फिल्डका लागि राइडिङ केवल यात्रा नभई अन्वेषण, अनुभव र समुदायसँग जोडिने माध्यम भएकाले भविष्यमा पनि यस्ता सहकार्य र अभियानहरू जारी रहने जनाइएको छ।