‘ओलीकाे दल फुटाउने षड्यन्त्रमा प्रचण्डकाे पनि संलग्नता देखियाे’

राजनीति

दियोपोस्ट संवाददाता  

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन गरिरहेको तयारीमा सफा नियत नदेखिएको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले पर्याप्त समय हुँदाहुँदै सोमबार नै विश्वासको मत लिन खोजिनुमा शंका गर्ने ठाउँ रहेको बताए ।

‘सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा छ । यसमा पनि सफा नियत देखिएन । उहाँले अहिलेको विवाद मिलाउन खोजिरहेको छु भनिरहनुभएको छ । हामी पनि पत्याइरहेका छौँ । तर, अब शंका गर्ने ठाउँ देखियो,’ थापाले भने ।

उनले कांग्रेस आफ्नो अडानमा यथावत् रहेकाले सोमबार विश्वासको मत लिन खोजिँदा पनि संसद अवरोध कायमै रहने आशय व्यक्त गरे । ‘हामीलाई फलानोलाई बोल्न दिइएन भनेर त आलोचित गरिँदै छ भने विश्वासको मत लिन दिएन भनेर आलोचना गर्दा फरक पर्नेवाला छैन,’ थापाले भने ।

उनले संसद बन्द गरेर सरकार दल फुटाउने षड्यन्त्रमा लागिरहेको आरोप समेत लगाए ।

सिफारिस