कोरियाली र नेपाली टोली जुगल हिमाल आरोहणका लागि पहिलो पटक जादै

दियो पोस्ट  

काडमाडौं । पहिलो पटक जुगल हिमाल आरोहणका लागि दक्षिण कोरियाली र नेपाली टोली प्रस्थान गरेका छन् । आरोहिलाई प्रस्तानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै देशको झण्डा हस्तान्तरण गरि शुभकामना दिएका थिए । यस आरोहणमा कोरियाली र नेपाली टोलिमा १० जना आरोही छन् ।

दक्षिण कोरियाका प्रसिद्ध आरोहि उम होङ गिलले जुगल पहिलो र दोस्रो हिमाल आरोहणको नेतृत्व गरिरहेका छन् । उमले बेस क्याम्पबाटै उक्त टोलीको नेतृत्व गर्ने भएका हुन् । नेपालको तर्फबाट भने आरोहण नेतृत्व दावा याङजुम र लाक्पा डेन्डीले गर्नेछन् भने उनीहरुलाई अन्य कोरियाली टोलीले सघाउनेछन् ।

जुगल हिमाल आरोहणका लागि दक्षिण कोरियाका बेइक जोङ मिन, योम ताई चुल, जोङ जे ग्युन, किम डोङ जीन, को युन सो, ज्योङ जुन्की रहेका छन् भने नेपालबाट लामा बाबु शेर्पा, मिन बहादुर लामा, लाक्पा सोनम शेर्पा, लाक्पा डेन्डी र दावा याङजुम रहेका छन् । काठमाडौबाट नजिकैको दुरीमा पर्ने जुगल प्रथम र दोस्रो हिमालमा हालसम्म कुनैपनि विदेशी आरोहि पुगेका छैनन् । सिन्धुपाल्चोक जिल्लामा पर्ने उक्त हिमाल विदेशी पर्वतारोहिले औपचारिक रुपमा आरोहण गर्न लागेको यो पहिलो पटक हो ।

आरोहण दलका सदस्यहरु काठमाडौबाट अरनिको हाइवे हुदै जुगल गाउँपालिका पुग्ने छन् ।