नेपालगन्ज, ६ वैशाख । तत्कालीन नेकपा ९माओवादी०ले सञ्चालन गरेको जनयुद्धका समयमा राज्य र विद्रोही पक्षबाट मारिएका बाँके जिल्लाका २१० मृतकका परिवारलाई जनही रु पाँच÷पाँच लाख राहत सहयोग यहाँस्थित स्थानीय शान्ति समितिले उपलब्ध गराएको छ ।
समितिका सचिव पीताम्बर आचार्यका अनुसार, कुल २३७ मृतकका परिवारमध्ये २७ जना मृतकका परिवारले भने अहिले रु एक लाखदेखि रु तीन लाखसम्म राहतमात्र पाएका छन् । पाउनुपर्ने कुल नगद राहत सहयोग वितरणका लागि मन्त्रालयसँग समन्वय भइरहेको बताइएको छ ।
यसैगरी, द्वन्द्वका समयमा बेपत्ता पारिएका ५० जना घरपरिवारका सदस्यलाई रु पाँच÷पाँच लाखका दरले राहत उपलब्ध गराइसकिएको छ ।
सचिव आचार्यले समितिले मन्त्रालयमा राहत सहयोग उपलब्ध गराउन सिफारिस गरी पठाएको थप १७० फाइलमध्ये मृतक चार, बेपत्ता दुई, अङ्गभङ्ग ४१, कैद हिरासत १८, सम्पत्ति लुटिएका ४२ र सम्पत्ति ध्वंस भएका २६ जना रहेको छ ।
बाँके जिल्लाका सबै नगर क्षेत्रको वडा र गाविसमा गाउँ र नगरस्तरीय समितिसमेत गठन भइसकेको जनाइएको छ ।
समितिको कार्यालयमा द्वन्द्व पीडितसँग सम्बन्धित घटनाको जानकारी लिन आइतबारदेखि १६६०८१५२५५ टोल फ्रि टेलिफोन सञ्चालनमा पनि ल्याइएको छ । हिजैदेखि सत्य निरुपण तथा मेलमिलाप आयोगले थालनी गरेको उजुरी लिने काममा समितिसँग समन्वयात्मक भूमिका समेत हुने समितिका संयोजक तेजविक्रम शाहले बताए छ ।