पत्रकार सूर्य कुमार क्षेत्रीको अन्त्यष्टिमा को–को पुगे भिआईपी (फोटोफिचर)

दियो पोस्ट  

 

काठमाडौँ, १७ वैशाख । नेपत्रकार एबं गितकार सुर्य कुमार क्षेत्रीको अन्त्यष्टिमा विभिन्न दलका नेता पुगेका छन् । ब्रेन ट्युमरबाट निधन भएका क्षेत्रीको शव श्रद्धाञ्जलीका लागि शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा राििखएको थियो । श्रद्धाञ्जली सभामा कांग्रेस सभापति शेरबहादुर देउबा लगायत शिर्ष नेताहरु पुगेका थिए ।

श्रद्धाञ्जलीका लागि सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री चित्रबहादुर केसी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चारमन्त्री शेरधन राई, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, नेपाली काँग्रेसका नेताहरु कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, डा. मीनेन्द्र रिजाल, गगनकुमार थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, एनपी साउद, चन्द्र भण्डारीलगायतका नेताहरु श्रद्धाञ्जलीका लागि पुगेका हुन् ।

पाल्पाबाट पत्रकारिता सुरु गरेका क्षेत्रीले उज्यालो नेटवर्क र नेपालवाणी नेटवर्कमा लामो समय पत्रकारिता गरेका थिए । पछिल्लो समय नेपाली कला डटकममा आबद्ध क्षेत्री गीत, सङ्गीत र साहित्यमा समेत संलग्न थिए ।


क्षेत्रीलाई २०७१ मङ्सिरमा ब्रेन ट्युमर देखिएपछि सफल शल्यक्रिया गरिएको थियो । बिहीबार राति ९ः १५ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएका क्षेत्रीको दाहसंस्कार उनकै गृहजिल्ला स्याङ्जामा गरिने भएको छ ।

सम्बन्धित खबर