गुण्डागर्दी र रक्तचन्दन तस्करीको करोडौँ उठाएर चन्द्र घिसिङ हङ्कङ फरार हुने तयारीमा !

दियो पोस्ट  

काठमाडौं । दोलखाबाट काठमाडौं आई गुण्डा नाइके दिपक मनाङ्गेको समूहमा सामेल भएका चन्द्र घिसिङ तामाङ गुण्डागर्दी र हप्ता असुलीमा लागे । मनाङ्गे जेलमा गएपछि काभ्रेली समूहका नाइके गणेश लामाको समूहमा लागेर घिसिङ रक्तचन्दन तस्करी गर्न थाले । रक्तचन्दनको तस्करी गर्दा गर्दै नेपाल प्रहरीका एक निरीक्षक (हाल एसपी) मार्फत उनी तत्कालिन आईजीपी हेम गुरुङ समक्ष पुगे । जनजातीको नाता लगाउँदै गुरुङसँग नजिकिए । त्यसपछि लामाको साथ छाडेर आफै रक्तचन्दन र सुन तस्करीमा लागे । गुरुङमार्फत तस्करीको लाईन सञ्चालन गरेका उनले भूकम्पसम्म पनि तस्करी जारी राखे । भूकम्पपछि तातोपानी नाका बन्द भयो । नाका बन्द भएपछि भूकम्पले जेल भत्किएको भनी सिन्धुपाल्चोकका तत्कालिन डिएसपी दिपक खरेलसँग मिलेर सुन काण्डमा पक्राउ परेका चाइनिज नागरिकलाई सेटिङ गरी नेपालको सिमापारी हेलिकोप्टरमार्फत तिब्बततर्फ ओराले । चाईनिजसँग सेटिङ गरी ठूलो रकम उठाएर खरेलसँग भागवण्डा गरेको आरोप पनि घिसिङमाथि छ ।
चाईनिजहरु जेलबाट भागे भने हेलिकोप्टरबाट ओसार्ने क्रममा करोडौंको लेनदेन भएको चर्चा त्यतिखेर पत्रपत्रिकामा भएको थियो । २०औं करोडको सुन तस्करीको मुद्दा लागेका चाइनिजहरु जेलमा थिए । उनीहरु सबैलाई भूकम्पले जेल भत्किएपछि भागेको भनि घिसिङ र खरेलले हेलिकोप्टरमा भूकम्प पीडितलाई उद्दार गर्ने बहानामा सुन तस्करीको आरोपमा जेलमा रहेका चाइनिजलाई सिमापारी पु¥याउने काम गरेका थिए । चाईनिज भगाएको आरोपमा प्रहरी प्रधान कार्यालयले खरेलमाथि छानविन समेत गरेको थियो ।
तातोपानीबाट रक्तचन्दन र सुनको धन्दा बन्द भएपछि घिसिङ सेनाका भण्डारी थरका कर्णेलहरुलाई प्रभावमा पारी जुत्ता, स्लिपिङ व्याग, चुस्तालगायतका सामानको ठेक्कापट्टामा लागे । पछिल्लो पटक राजेन्द्र क्षेत्री अवकाश हुने बेलामा उनले बुझाएको चुस्ता अति कम गुणस्तरको भएकाले सेनाले बुझ्न मानेन । तर, रक्षा मन्त्री इश्वर पोखरेललाई दबाब दिएर उनले सेनाबाट उक्त चुस्ताको भुक्तानी लिन सफल भए । सेनाको ठेकेदार भन्दै उनले सेनका उच्च पदस्थ कर्णेल, जर्णेलदेखि प्रहरीका डिआईजी र पूर्व आईजीपीसम्मलाई पार्टनर बनाउँछु भन्दै करोडौं ऋण लिए । उनले न पार्टन नै बनाए, न पैसा नै फिर्ता गरे ।
यसरी ठेक्कापट्टा र ऋण लिएको रकम सबै हङकङमा अमेरिकी डलरमा खाता खोली उतै लगेर जम्मा गरे । नेपालबाट उठाएको रकमजती हङकङमा जम्मा गरेपछि घिसिङलाई सबैले ताकेता गर्न थाले । ज–जसको पैसा सापटी लिएका थिए, तिनिहरुले कसैले मुद्दा हाल्ने, कसैले थुन्ने र कसैले इन्काउन्टर नै गर्नुपर्ने भन्दै धम्की दिन थालेपछि उनी हङकङ भाग्ने अन्तिम तयारीमा छन् ।

लोभीको धन ठगले खान्छ भनेझै सेना र प्रहरीका उच्च पदस्थ अधिकारीहरु घिसिङबाट आजित भएका छन् । घिसिङले रकम नदिएपछि उनीहरु अनेक उपाय लगाएर असुली गर्न खोज्दा पनि सकिरहेका छैनन् । घिसिङले सेनाको ठेक्का लिने ठूलो ठेकेदार भन्दै सेना प्रहरीका उच्च अधिकृतलाई त ठगे नै कतिपय व्यापारीलाई पनि ठग्न भ्याएका छन् ।


यसरी ठगेको रकम सबै हङकङ लगेर उत्तै परिवारसहित बस्ने र रकम पचाउने दाउमा उनी छन् । तर, चेक अनादरका मुद्दामा उनलाई प्रहरीले हङकङ नै भागेपनि छाड्ने अवस्था छैन । किनकि इन्टरपोलमा डिप्mयूजन जारी गरेर पनि उनलाई प्रहरीले पक्राउ गरी नेपाल ल्याई कारबाही गर्न सक्छ ।