छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जना मृत्यु

दियो पोस्ट  

काठमाडौं । अर्घाखाँचीको सितगंगा नगरपालिका–४ रातामाटास्थित सडकमा लु.४ त ९४१८ नम्बरको ट्याक्टर बारी जोत्ने क्रममा आइतबार साँझ दुर्घटना भएको छ । गाडी चालक सोही नगरपालिका कोप्चेवास बस्ने ३६ वर्षीय राजु नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ गुप्ता नर्सरीस्थित सडकमा लु.६५ प १३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७९ वर्षीया जानकी घिमिरेको आइतबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी धनुषामा सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा कमला नगरपालिका–२ बस्ने २२ वर्षीय दिपु यादबको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई ढल्लेबर अस्पताल धनुषाका उपचारका लागि लगियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । मिथिला नगरपालिका–४ जगदेब पुलस्थित सडकमा लु.क १७६८ नम्बरको टिपरमा मधेश प्रदेश ०२–००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

हाल फरार टिपर चालकको प्रहरीको टोलीले खोजी गरिरहेको र साथै दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।