निर्मल पुर्जाले गैरकानुनी रुपमा विदेशीलाई सगरमाथा क्षेत्र पुर्याएको आरोप, छानबिन गर्दै विभाग

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रख्यात पर्वतारोहि निम्स दाई अर्थात् निर्मल पुर्जाले सरकारको अनुमतीविना आफ्ना ग्राहकलाई सगरमाथा क्षेत्रको आरोहणको लागि लगेको आरोप लागेको छ । यस वर्षको ग्रीस्मकालिन सिजनमा निम्स दाईले सरकारको अनुमतीविना आफ्ना ११ जना विदेशी ग्राहकलाई सगरमाथा आरोहण गराएको आरोप लागेको हो ।

निम्स दाईले पर्यटन विभागबाट सगरमाथा क्षेत्रमा पर्ने ६ हजार ७१३ मिटर उचाईको लिङट्रेन हिमाल आरोहणको लागि अनुमती लिएका थिए । तर उनले अनुमती विना आफ्ना ११ जना विदेशी आरोहिसहित उनले सगरमाथा रुट प्रयोग गरेको बुझिएको छ । विभागका अनुसार आरोहण दलका गाइडबाहेक सबै पर्वतारोहिको लागि अनुमती अनिवार्य छ । अनुमती लिदा लिङट्रेन हिमाल आरोहणको शुल्क प्रतिव्यक्ति ४ सय अमेरिकी डलर रहेको छ भने सगरमाथाको लागि प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रहेकोसमेत विभागले जनाएको छ ।

११ जना आरोहिको गाइड बनेर गएका निम्सदाईले आवश्यक अनुमती नलिएको सगरमाथा क्षेत्रका स्थानियले आरोप लगाएका थिए । उक्त आरोपको छानविनका लागि पर्यटन विभागअन्र्तगत पर्वतारोहण अनुगमन फिल्ड कार्यालय सगरमाथा आधार शिविरले अनुसन्धान अघि बढाएको छ ।

‘अनुमतीविना सगरमाथा चढेको सम्बन्धी आरोहण दलका सदस्यबारे हामीले सुचना प्राप्त गरेका छौ’ पर्यटन विभागअन्र्तगत साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भने, ‘यसबारे हाम्रो फिल्ड कार्यालयले थप अनुसन्धान गरिरहेको छ । निम्स दाइले लिंटेन हिमालको अनुमती भने लिएको हालसम्मको अनुसन्धानबाट देखा परेको छ ।’ यद्यपि, यसबारे निम्सदाई सँग भने सम्पर्क हुन नसकेको र आरोप सत्य भएमा कानुनबमोजिम कारबाहि हुने उनले बताए ।

ीवभागले निम्सदाई सहित आरोहणमा गएका विदेशी पर्वतारोहि थोमस भेन्डेल्वो ब्राउन, जेम्स एन्थोनी, कायला पेरिज, अमिथा के हर्श, गालेन अर्थर वुडमान्सी, पावेल ब्लाज्नीयाक, ग्लेन फिलिप मालने, इजाबेला ऐमी, क्यारीन ज्याकलिन सोलाङे, रोवर्ट जेम्स हटचिन्सन र रिचार्ड डिन गिल्पिनमाथिसमेत अनुसन्धान अघि बढाएको छ ।

यसअघि पनि निम्सदाई अनुमती विना आमा दब्लाम हिमालमा कुवेतको राष्ट्रिय झन्डा फहराएको भन्दै विवादमा मुछिएका थिए ।