डडेल्धुरा, ७ जेठ । गएराति परेको अविरल वर्षाले ग्रामीणवर्षाले सडकअवरुद्ध बनेका छन् । यो महिनाको सुरुको हप्तामा परेको भारी वर्षाले डडेल्धुरका ग्रामीण कच्ची सडक पानीका कारणले बिग्रँदा यातायात अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।
नयाँ खोलिएका ट्र्याक अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । वर्षात्मा प्रत्येक वर्ष प्रभावित हुने बुडर–जोगबुढा सडकको सुनखोला खण्ड र आसपास क्षेत्रका सडक पनि अवरुद्ध बनेको स्थानीयवासी रघुवीर धामीले बताए । राई कोटेली सडकखण्डमा पनि खोलाले सडक भत्काउँदा अवरुद्ध भएको छ । यसका बाँकी सडकमा पनि गाडी चल्न सक्ने अवस्था नरहेको गोपाल दियालले बताए ।
वर्षाले बिगारेको सडकखण्ड र अप्ठ्यारो बाटोमा गाडी चलाउन धेरै कठिनाइ भएको र यात्रुले पनि कष्ट बेहोर्नपरेको गाडी चालक गङ्गाराम भट्ट बताउँ छन् ।
वर्षाले ठूलो मात्रामा बिगार्ने सडकखण्डकोे प्राविधिक एवम् आर्थिक लागत अनुमान नभई आफ्नै आधारमा सडक निर्माण गरिँदा समस्या उत्पन्न हुने भनाइ प्राविधिक कार्यालय डडेल्धुराको रहेको छ । डडेल्धुराका अधिकांश सडकमा नालीको व्यवस्था नहुँदा बाटो बिग्रने गरेको स्थानीयवासीको भनाइ छ । वर्षाले ग्रामीणस्तरका प्रायः सबै नयाँ सडक अवरुद्ध बनेका छन् ।