शेखरले जिते एसियाली आईटीएफ तेक्वान्दोमा कांस्य

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालका शेखर थापाले ११ औँ एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेका छन् ।मंगोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक वेल्ट तेश्रो डान प्याटर्नमा कांस्य जितेका हुन् ।

शेखरसँगै मंगोलियाका दोर्जपालाम अयुर्जानान पनि तेस्रो भएका नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का महासचिव घमबहादुर थापाले जानकारी दिए ।

त्यसैगरी मलेसियाका चिन लुङ काङले स्वर्ण तथा फिलिपिन्सका अमाइज क्रिस्टर लुले दोस्रो भए । शेखरले स्पाइरिङतर्फ पुरुष ६५-७० केजी तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए । यो प्रतिस्पर्धामा शेखरले पदक जितेनन् ।

शेखर दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता हुन् । उनले पहिलो संस्करणको प्याटर्न र दोस्रो संस्करणको स्पाइरिङमा रजत जितेका थिए । उनले तेस्रो इन्डो-नेपाल आईटीएफ तेक्वान्दोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए । तेश्रो जनरल चोइ स्मृति राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हात पारेका थिए ।

सम्बन्धित खबर

सिफारिस