भोलि मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले मोहम्मद जयन्तीका अवसरमा भोलि नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।

मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार २०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेकोले उक्त दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सम्बन्धित सबैलाई उक्त निर्णयबारे जानकारी गराउँदै मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ।

सिफारिस