‘विपद् आउँछ’ भन्ने थाहा हुँदाहुँदै अकालमै मरिरहन्छन् नेपाली! ब्लाटेनबाट नेपालले के सिक्ने ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रकृतिले सूचना दिएर विपद् ल्याउँदैन । तर प्रकृतिले विपद्को संकेत भने अवश्य दिन्छ । प्रश्न यति हो-हामी ती संकेत सुन्छौँ कि सुनेर पनि नसुने जस्तै गर्छौँ ?

सन् २०२५ को मई २८ मा स्विट्जरल्याण्डको ब्लाटेन गाउँले एउटा ठूलो प्राकृतिक विपद्को सामना गर्‍यो । आल्प्स पहाडमा पर्ने बिर्च हिमनदीको ठूलो हिस्सा चट्टानसहित खस्दा गाउँको ठूलो भूभाग पुरियो । हिमनदीबाट हिउँ, हिलो र ढुङ्गाको बाढी आयो, जसले लोटसेन्टल उपत्यका नजिकै रहेको ब्लाटेनको अल्पाइन गाउँ र त्यहाँ रहेका सयौँ घरहरू पुरिए, पूर्वाधारमा करोडौँ डलर बराबरको क्षति भयो । तर त्यो विपद्ले जति ठूलो विनाश निम्त्यायो, त्यसको तुलनामा मानवीय क्षति शुन्य रह्यो ।

किनभने त्यहाँ विपद् आउनुअघि नै विपद्को जोखिम बुझिएको थियो । हिमनदी अस्थिर हुँदै गएको थियो । चट्टान खस्ने क्रम बढिरहेको थियो । वैज्ञानिकले खतरा औँल्याइरहेका थिए । स्थानीय तहले जोखिमलाई गम्भीरतापूर्वक लियो । वैज्ञानिक निगरानी बढाइयो । सूचना सार्वजनिक गरियो । र अन्ततः जोखिम उच्च भएपछि मानिसलाई गाउँबाट सुरक्षित स्थानमा सारियो ।

जलवायु परिवर्तनले हिमाली जोखिम झन् बढाइरहेको तथ्य पनि नौलो होइन । हामीसँग मौसम पूर्वानुमान छ । नदीको जलस्तर मापन गर्ने प्रविधि छ । बाढी पूर्वसूचना प्रणाली छ । वैज्ञानिक अध्ययन छन् । विपद् जोखिमसम्बन्धी प्रतिवेदन छन् । स्थानीय तह छन् । सुरक्षा निकाय छन् । तर जब विपद् आउँछ, हामी अझै पनि ‘उद्धार टोली कहिले पुग्छरु’ भन्ने प्रश्नमा अल्झिरहेका हुन्छौँ ।

स्विट्जरल्याण्डले हिमनदी रोक्न सकेन । पहाड भत्किनबाट रोक्न सकेन । करोडौँ डलरको सम्पत्ति जोगाउन पनि सकेन । तर मानिस भने जोगायो ।

यहीँबाट सुरु हुन्छ नेपालको कथा । भदौ १० गते भोटेकोशी र त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपाललाई फेरि एउटा कठोर प्रश्न सोधेको छ, ‘प्राकृतिक विपद् अपरिहार्य थियो, तर त्यसले निम्त्याएको मानवीय क्षति पनि अपरिहार्य थियो त?’

भोटेकोशी बाढी आयो । बस्ती बगायो । पुलहरू भत्कायो । सडक भत्किए । पहिरो गयो । जलविद्युत् आयोजनामा क्षति पुर्‍यायो । सुरुङभित्र मानिसहरू फसे । सयौँ परिवार उजाडिए । ठूलो संख्यामा मानिसको ज्यान गयो र धेरै अझै सम्पर्कविहीन छन् ।

तर प्रश्न केवल बाढीले कति क्षति गर्‍यो भन्ने होइन । प्रश्न हो-बाढी आउनुअघि हामीले के गरिरहेका थियौँ ?

भोटेकोशी र त्रिशूली कुनै अपरिचित नदी होइनन् । यी नदी र तिनका सहायक खोलानालाको जोखिमबारे वर्षौँदेखि अध्ययन हुँदै आएको छ । हिमाली क्षेत्रमा हिमताल फुट्ने, पहिरो जाने, हिमनदी अस्थिर हुने र अचानक नदीको बहाव बढ्ने जोखिम नयाँ विषय होइन ।

जलवायु परिवर्तनले हिमाली जोखिम झन् बढाइरहेको तथ्य पनि नौलो होइन । हामीसँग मौसम पूर्वानुमान छ । नदीको जलस्तर मापन गर्ने प्रविधि छ । बाढी पूर्वसूचना प्रणाली छ । वैज्ञानिक अध्ययन छन् । विपद् जोखिमसम्बन्धी प्रतिवेदन छन् । स्थानीय तह छन् । सुरक्षा निकाय छन् ।

तर जब विपद् आउँछ, हामी अझै पनि ‘उद्धार टोली कहिले पुग्छरु’ भन्ने प्रश्नमा अल्झिरहेका हुन्छौँ । जबकि विकसित विपद् व्यवस्थापनको पहिलो प्रश्न हुन्छ-‘उद्धार गर्नुपर्ने अवस्था आउनुअघि मानिसलाई कहाँ सार्ने ?’

ब्लाटेन र नेपालको भदौ १० को बाढीबीच यही सबैभन्दा ठूलो अन्तर देखिन्छ । स्विट्जरल्याण्डमा पहाड ढल्यो, गाउँ पुरियो, सम्पत्ति गयो । तर मानिसलाई जोखिम क्षेत्रमा बस्न दिइएन ।

नेपालमा भने जोखिमको भूगोलमा मानिस बसिरहेका छन् । बाढीको बाटोमा बस्ती छन् । नदीको किनारमा संरचना छन् । पहिरोको सम्भावित क्षेत्रमा सडक र आयोजना छन् । अनि विपद् आएपछि राज्य उद्धार गर्न दौडिन्छ ।

हामी विपद् व्यवस्थापन गर्छौँ कि विपद्पछिको व्यवस्थापन मात्रै गर्छौँ ? यो प्रश्न अब टार्न मिल्दैन ।

प्राकृतिक विपद् पूर्ण रूपमा रोक्न सकिँदैन । तर विपद् आउनुअघि जोखिम पहिचान, वैज्ञानिक अनुगमन, पूर्वसूचना र समयमै मानिसलाई सुरक्षित स्थानमा सार्न सकियो भने ठूलो मानवीय क्षति भने रोक्न सकिन्छ । सन् २०२५ मा स्विट्जरल्याण्डको ब्लाटेन गाउँमा भएको हिमपहिरो र नेपालमा भदौ १० गते भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले यही फरकलाई स्पष्ट देखाएको छ ।

ब्लाटेन घटनामा भौतिक क्षति भने निकै ठूलो भयो । करिब १३० घर पुरिएका थिए भने नदी थुनिएर थप क्षेत्रमा बाढीको जोखिमसमेत बढेको थियो । वैज्ञानिक अध्ययनले आर्थिक क्षति ३२० मिलियन स्विस फ्र्याङ्कभन्दा बढी रहेको अनुमान गरेको छ ।

ब्लाटेनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विपद् आउनुअघि जोखिम बुझ्ने र जोखिममा रहेका मानिसलाई समयमै हटाउने क्षमता हो । हिमनदीको गति, चट्टान खस्ने क्रम, भू–आकृतिमा आएको परिवर्तनलगायतका संकेतलाई वैज्ञानिक उपकरण र स्थानीय निगरानीबाट निरन्तर अध्ययन गरिएको थियो । जोखिम बढेपछि वैज्ञानिक मूल्यांकनका आधारमा प्रशासनले मानिसलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेको थियो ।

नेपालको भदौ १० गतेको घटना भने यसको विपरीत दुःखद उदाहरण बनेको छ ।

नेपाल-चीन सीमाक्षेत्रबाट सुरु भएको बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो क्षति पुर्‍यायो । बाढीले बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् तथा सञ्चार संरचनामा व्यापक क्षति पुर्‍याउनुका साथै ठूलो मानवीय क्षति निम्त्यायो ।

भदौ १० गतेको बाढीले नेपालमा पूर्वसूचना प्रणाली, जोखिम नक्सांकन, स्थानीय तहको आपत्कालीन तयारी, सुरक्षित आश्रयस्थल, सञ्चार संयन्त्र र जोखिममा रहेका बस्तीको पूर्वस्थानान्तरणलाई अझ गम्भीर रूपमा पुनर्विचार गर्नुपर्ने देखाएको छ ।

सरकारी विवरणअनुसार भदौ १० गतेपछि खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ भने करिब ५ हजार मानिस अझै सम्पर्कविहीन छन् । १३ हजारभन्दा बढीको उद्धार गरिएको छ । प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी तथा उद्धार कार्यसमेत जारी छ ।

यस विपद्को अर्को गम्भीर पक्ष पूर्वतयारीको प्रश्न हो । भोटेकोशी र त्रिशूलीको जलाधार क्षेत्रमा हिमनदी, पहिरो, नदीको बहाव र हिमतालसँग जोडिएका जोखिमबारे अध्ययन र निगरानी हुँदै आए पनि त्यसको सूचना जोखिममा रहेका समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउने, सम्भावित जोखिम क्षेत्र पहिचान गर्ने र विपद् आउनुअघि ठूलो संख्यामा मानिसलाई सुरक्षित स्थानमा सार्ने संयन्त्र पर्याप्त प्रभावकारी देखिएन ।

नेपालको भौगोलिक अवस्था स्विट्जरल्याण्डभन्दा फरक छ । तर दुवै मुलुक हिमाली भूभाग र जलवायु परिवर्तनबाट सिर्जित बढ्दो जोखिमको सामना गरिरहेका छन् । हिमनदी पग्लने, चट्टान तथा पहिरोको जोखिम बढ्ने र त्यसबाट अचानक बाढी आउने सम्भावना हिमाली क्षेत्रमा बढ्दै गएको वैज्ञानिक अध्ययनहरूले देखाएका छन् । ब्लाटेनको घटना पनि असामान्य रूपमा तातो दशकपछि हिमनदी र हिमाली भू-भागको अस्थिरतासँग जोडिएको थियो ।

त्यसैले नेपालका लागि ब्लाटेनको मुख्य पाठ ‘विपद् रोक्ने होइन, विपद्ले मानिस मार्न नपाउने व्यवस्था बनाउने’ हो ।

भदौ १० गतेको बाढीले नेपालमा पूर्वसूचना प्रणाली, जोखिम नक्सांकन, स्थानीय तहको आपत्कालीन तयारी, सुरक्षित आश्रयस्थल, सञ्चार संयन्त्र र जोखिममा रहेका बस्तीको पूर्वस्थानान्तरणलाई अझ गम्भीर रूपमा पुनर्विचार गर्नुपर्ने देखाएको छ ।

विशेषगरी हिमनदी, हिमताल, पहिरो र नदीको बहावसँग जोडिएका उच्च जोखिम क्षेत्रको चौबीसै घण्टा वैज्ञानिक निगरानी, स्थानीय समुदायलाई तत्काल सूचना दिने बहु-माध्यम प्रणाली र जोखिम देखिनासाथ अनिवार्य तथा व्यवस्थित स्थानान्तरणको अभ्यास विकास गर्नुपर्ने आवश्यकता देखिन्छ ।

ब्लाटेनले देखाएको पाठ स्पष्ट छ-विपद् आउँदा उद्धार गर्ने क्षमताभन्दा विपद् आउनुअघि मानिसलाई सुरक्षित राख्ने तयारी अझ महत्वपूर्ण हुन्छ । नेपालमा भदौ १० गतेको विनाशकारी बाढीले यही तयारीको मूल्य कति ठूलो हुन्छ भन्ने कठोर रूपमा सम्झाएको छ ।

सम्बन्धित खबर

सिफारिस