स्याङ्जाको चापाकोटमा एक घण्टामा ५.२ मिलिमिटर वर्षा

दियोपोस्ट संवाददाता

काठमाडौँ । अहिले सुदूरपश्चिम प्रदेशबाहेक देशका सबै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको वर्षा मापन विवरणअनुसार बिहीबार दिउँसो ४ः२५ बजेसम्म गएको एक घण्टामा सबैभन्दा बढी वर्षा स्याङ्जाको चापाकोटमा मापन भएको छ। चापाकोटमा एक घण्टामा ५.२ मिलिमिटर वर्षा भएको हो।

हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरो र आकस्मिक बाढीको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको विभागले जनाएको छ।

यसैबीच विभागले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। पछिल्लो विवरणअनुसार पोखरामा वर्षाको सम्भावना ८० प्रतिशत तथा काठमाडौँ, भैरहवा, सिमरा, ओखलढुंगा, धनकुटा, विराटनगरलगायत स्थानमा ७० प्रतिशत रहेको छ।