प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

दियोपोस्ट संवाददाता

काठमाडौँ । देशभर प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएका छन् । निरन्तरको वर्षा र धुम्म मौसमका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका हुन्।

विमानस्थल कार्यालयका स्रोतका अनुसार तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडान प्रभावित भएका छन् । तुम्लिङटारका लागि बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ भने भरतपुरका लागि बुद्ध एयरका तीनवटा उडान रद्द भएका छन्।

पोखरा विमानस्थलका उडानसमेत अनुकूल मौसमको प्रतीक्षामा डिले भएका छन्। मौसमका कारण उडान प्रभावित भएपछि विमानस्थलमा यात्रुको चापसमेत बढेको छ।

अन्तर्राष्ट्रिय उडान भने हाल सामान्य रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस