उपत्यकाका नदी करिडोरमा सवारी आवागमन र पार्किङमा रोक

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारका सडक (करिडोर) क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ।

बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण वाग्मती, विष्णुमतीलगायतका नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि उपत्यका ट्राफिक प्रहरीले नदी करिडोर हुँदै चल्ने सवारीसाधनलाई डाइभर्ट गरेको हो।

त्यस्तै, ललितपुर र भक्तपुरका जोखिमयुक्त करिडोर क्षेत्रमा समेत सवारी पार्किङमा रोक लगाइएको छ । बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोला तटीय क्षेत्रमा सवारीसाधन रोक्न तथा पार्किङ गर्न नदिइने प्रहरीले जनाएको छ।

वाग्मती, विष्णुमती, धोबीखोला र हनुमन्ते खोला करिडोरमा जोखिमको अवस्था कायम रहेसम्म कुनै पनि सवारीसाधन रोक्न तथा पार्किङ गर्न पाइने छैन।

प्रहरीले जोखिमयुक्त क्षेत्रमा माइकिङ गर्दै नागरिकलाई सतर्क रहन र नदी तथा खोला किनारमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिरहेको छ।

सम्बन्धित खबर

सिफारिस