दरौंदी नदीको खोँचमा फसेका युवकको सकुशल उद्धार

दियोपोस्ट संवाददाता

काठमाडौँ । गोरखामा नदीको खोँचमा फसेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।

गोरखा नगरपालिका-१०, छेबेटारस्थित दरौंदी नदीको खोँचमा फसेका पालुङटार नगरपालिका-१, खोप्लाङ कोसगाडेका ३० वर्षीय सोनम गुरुङको  सकुशल उद्धार गरिएको हो।

असोज ९ गते बिहानदेखि खोँचमा फसेका गुरुङको सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गुल्म हेडक्वार्टर गोरखाबाट खटिएको टोलीले दिउँसो १ः१० बजे सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

मानसिक अवस्था असामान्य रहेका गुरुङलाई उद्धारपछि अस्थायी प्रहरी पोस्ट छेबेटारमा बुझाइएको प्रहरीले जनाएको छ।