कालीगण्डकीको बाढी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे, दर्जनौँ घर जोखिममा

दियोपोस्ट संवाददाता

पर्वत । कालीगण्डकी नदीको बहाव बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका-८ फर्सेका २५ घर बगेका छन् । आइतबार बिहान करिब ८ बजे नदी बस्तीमा पसेपछि करिब ८० घरमध्ये २५ घर बगेका हुन् ।

प्रहरीका अनुसार नदीको बहावका कारण बस्तीका अन्य घरसमेत जोखिममा परेका छन् । घटनामा मानवीय क्षति भने भएको छैन । जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । नदीको बहाव र पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न नसकेको जनाइएको छ ।

फर्से प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ । घटनास्थलमा पुगेर क्षतिको थप विवरण संकलन गर्ने प्रयास भइरहेको र  घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर