
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशभर आंशिक बदली रहनेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। राति हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। उपयुक्त शीर्षक राखिदिने