
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका-६, तल्लो ज्यामिरेमा जमिन भासिएर बस्ती नै जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण बस्नी नै जोखिममा परे पछि त्यहाँका १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।
प्रहरीका अनुसार बस्ती आसपासको जमिन केही तल सरेको, ठाउँ-ठाउँमा चिरा परेको र थप भू-भाग भासिन सक्ने जोखिम देखिएको छ । जोखिम बढेपछि सम्भावित क्षति रोक्न १६ घरपरिवारलाई बस्तीबाट अन्यत्र स्थानान्तरण गरिएको हो ।
जमिन भासिने क्रम रोकिएको वा थप क्षति हुन सक्ने अवस्थाबारे सम्बन्धित निकायले निगरानी गरिरहेको जनाइएको छ ।