
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका-६, मितेरी टोलमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ । मंगलबार बिहान १०ः३० बजको समयमा अगाडि गुडिरहेको तेल बोकेको ट्याङ्करले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनले समयमै ब्रेक लगाउन नसक्दा एकआपसमा ठोक्किएका हुन् ।
धादिङ प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन । दुर्घटनामा एक ट्रकको सिसा फुटेको र चालकको चालकको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते चालकको नौबिसेस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
धादिङ प्रहरीका अनुसार अहिले दुईतर्फी रुपमा सवारी आवागमन सुचारु भएको छ । दुर्घटनाबारे थप विवरण संकलन तथा घटनाको आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।