
काठमाडौँ । होण्डाले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘यो दशैँ, आशाको सुरुवात’ नामक विशेष योजना सार्वजनिक गरेको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको चाडपर्वको उल्लासलाई थप विशेष बनाउने उद्देश्यका साथ यो योजना ल्याएको हो ।
योजनाअन्तर्गत होण्डाका नयाँ बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत अधिकतम १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउनेछन्।
योजनाको मुख्य आकर्षण ‘सहयोगको संकल्प’ रहेको कम्पनीले जनाएको छ । ‘होण्डा छ साथ साथ’ अफरमार्फत हरेक हप्ता सातै प्रदेशबाट एक–एक जना गरी सात जना विजेता छनोट गरिनेछ। विजेताले आफूले जितेको रकम प्राप्त गर्नेछन् भने होण्डा नेपालले विजेताले जितेको बराबर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
कम्पनीका अनुसार यसले ग्राहकलाई पुरस्कार जित्ने अवसरसँगै विपत्तिमा परेका नागरिकको सहयोगका लागि योगदान गर्ने अवसरसमेत प्रदान गर्नेछ।
यस्तै, ग्राहकले थप सुविधाअन्तर्गत तीनमध्ये कुनै एक विकल्प रोज्न सक्नेछन् । जसमा १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, सात वर्षसम्म निःशुल्क सर्भिसिङ वा पाँच वर्षसम्म वार्षिक मर्मत सम्झौता रहेका छन् ।
नयाँ बाइक तथा स्कुटर खरिदलाई सहज बनाउन स्याकार हायर पर्चेज प्रालिमार्फत फाइनान्सिङ सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनीले चाडपर्वको खुसीसँगै सामाजिक उत्तरदायित्वलाई जोडेर योजना ल्याइएको जनाएको छ। योजनाअन्तर्गत होण्डा टु-ह्विलर खरिद गर्दा नियम तथा सर्त लागू हुनेछन्।
योजनाबारे थप जानकारीका लागि ग्राहकले नजिकैको होण्डा शोरुम, कम्पनीको वेबसाइट वा टोल फ्री नम्बर १६६००१४६६३२ र ९८०१५७११११ मा सम्पर्क गर्न सक्नेछन्।