सुजुकीको दशैँ-तिहार अफर : १ लाख रूपैयाँ छुटदेखि ३६ महिनाको ईएमआईसम्म

दियोपोस्ट संवाददाता

काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व लक्षित योजना ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ ।

देशभर लागू हुने उक्त योजनाले चाडपर्वका बेला नयाँ दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गरेको कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत नगद छुट वा एक्सचेन्ज बोनससँगै ग्राहकले शून्य ब्याज तथा ३६ महिनासम्मको कम ईएमआई सुविधासमेत लिन सक्नेछन् । शून्य ब्याज तथा ३६ महिनाको कम ईएमआई सुविधा नागरिकता भएका ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ । सुविधा सम्बन्धित योजनाका सर्तमा आधारित हुनेछ ।

यो योजना सुजुकीका विभिन्न लोकप्रिय मोडलमा लागू हुनेछ । जसमा भि-स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ रहेका छन् ।

कम्पनीका अनुसार चाडपर्वलाई लक्षित गर्दै ग्राहकलाई नयाँ दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्दा आर्थिक तथा फाइनान्सिङ दुवै पक्षबाट सहजता दिने उद्देश्यले योजना ल्याइएको हो ।

‘उत्सव नयाँ, राइड नयाँ’ योजना देशभर रहेका सुजुकीका आधिकारिक डिलरबाट उपलब्ध हुनेछ । ग्राहकले नजिकको डिलरमा पुगेर उपलब्ध मोडल, नगद छुट, एक्सचेन्ज बोनस तथा फाइनान्सिङ सुविधाबारे जानकारी लिन सक्नेछन् ।

सुजुकीले नेपाली बजारमा दैनिक आवागमनदेखि लामो दूरी तथा एडभेन्चर राइडिङसम्मका लागि विभिन्न सेग्मेन्टका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।

कम्पनीले चाडपर्वको अवधिभर योजनाअन्तर्गत उपलब्ध सुविधाको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ ।