सुचना प्रविधिको विकासमा विशेष जोड दिन्छौँः संचारमन्त्री बास्कोटा

सुचना प्रविधिको विकासमा विशेष जोड दिन्छौँः संचारमन्त्री बास्कोटा

काठमाडौँ, भदौ २५ । संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सुचना तथा प्रविधिको विकासमा विशेष जोड दिने बताएका छन् । बुधबार ग्लोबल इन्टरप्राइज टेक्नोलोजी फोरमले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोग गर्दै स्मार्ट सिटीको बनाउने बताएका हुन् ।

मन्त्री बास्कोटाले सरकारले स्मार्ट सिटी निर्माणको कामलाई तीब्र रुपमा अगाडी बढाएको बताएका छन् । ‘प्रविधिको विकासका लागि आवश्यक पुर्वाधार विकासलाई योजनाबद्ध रुपमा सरकारले अगाडी बढाएको छ’ मन्त्री बास्कोटाले भने ।

उनले विद्युतीय प्रविधिको प्रयोगबाट सम्पुर्ण सरकारी निकायमा आर्थिका कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा पनि सरकारे पहल गरिरहेको बताएका छन् । समृद्ध मुलुक बनाउने अभियानमा सरकार लाग्दै गर्दा सुचना प्रविधीको विकास पनि एक महत्वपुर्ण पाटो भएकोले यसतर्फ सरकार गम्भिर ढंगले अगाडी बढेको बताएका छन् ।

Trending News