
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई धम्की दिइएको घटनामा संलग्न व्यक्ति (ईजीएन) एक्सट्रेमिस्ट ग्रुप आफ नेपालका सदस्य भएको दाबी गरिएको छ।
राणालाई आएको धम्कीबारे सरकारले भने अज्ञात समूहबाट धम्की आएको जनाएको छ। तर, केन्द्रीय कारागारमा रहेका एक व्यक्तिले राणालाई धम्की दिइएको भनिएको टेक्स्ट (ईजीएन)का एक सदस्यले पठाएको दाबी गरेका छन् । ती व्यक्तिले उक्त घटनाको जिम्मेवारी आफूले लिएको बताएका छन्। उनले (ईजीएन)का सदस्यले उक्त टेक्स गरेको हुँदा आफूले नै जिम्मेवारी लिएको उल्लेख गर्दै, आफू अहिले केन्द्रीय कारागारमा रहेको बताएका छन्।
उनले भनेका छन्, ‘त्यो अपरिचित भनेर जुन अनुसन्धान भइराछ नि, त्यो (ईजीएन)ले नै गरेको हो, (ईजीएन)को सदस्यले नै टेक्स्ट गरेको हो। त्यही भएर मैले जिम्मेवारी लिएको हो।’
तर, राणालाई पठाइएको भनिएको टेक्स्टमा के लेखिएको थियो, कसले पठाएको थियो र धम्कीको वास्तविक उद्देश्य के थियो भन्ने विषयमा भने थप विवरण सार्वजनिक भएको छैन। (ईजीएन)का सदस्य नै धम्कीमा संलग्न रहेको दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ। घटनाबारे भइरहेको अनुसन्धानबाट मात्रै धम्की दिने व्यक्ति वा समूहको वास्तविक पहिचान खुल्नेछ।
सुन्नुहोस् उक्त अडियो: