कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु

दियोपोस्ट संवाददाता

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । शुक्रबार बिहान ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३-००१ ख ००९९ नम्बरको बस एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् । घाइतेहरूको चन्द्रौटास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित खबर

सिफारिस