
काठमाडौँ । कुमारी बैंक लिमिटेडका ग्राहकले ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलका विभिन्न सेवा तथा सुविधामा १५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र रमदा अन्कोर बाइ विइन्डम होटलबिच बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटल तथा रेस्टुरेन्टमा उपलब्ध खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन् । साथै, होटलका विभिन्न सेवा तथा सुविधा उपयोग गर्दा ग्राहकलाई किस्ताबन्दी (ईएमआई) सुविधा समेत उपलब्ध गराइने बैंकले जनाएको छ।
वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने बैंकका ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्ने सुविधा पाउनेछन् । त्यस्तै, पारिवारिक जमघट तथा कार्यक्रमका लागि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको रुम निःशुल्क प्राप्त गर्ने सुविधा पनि पाउनेछन् । ग्राहकलाई लक्षित गर्दै ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।