सिद्धार्थ बैंकको दसैँ धमाका : दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

दियोपोस्ट संवाददाता

काठमाडौँ । सिद्धार्थ बैंकले बडादसैँको अवसर पारेर दराजको सहकार्यमा ‘१०-१० दसैँ धमाका’ अफर सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत बैंकका ग्राहकहरूले दराज एपमार्फत सामान खरिद गरी सिद्धार्थ बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजना २०८३ असोज १५ गतेदेखि २६ गतेसम्म (अक्टोबर १ देखि १२, २०२६) सञ्चालन हुने बैंकले जनाएको छ । अफर अवधिभर सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम १ हजार सम्म) र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम  १ हजार ५०० सम्म ) छुट पाउनेछन् ।

छुट प्राप्त गर्ने प्रक्रिया:

-ग्राहकले दराज एपको ‘मेगा दसैँ डिस्काउन्ट’ अभियानअन्तर्गत ‘बैंक भौचर’ सेक्सनमा गई सिद्धार्थ बैंकको भौचर संकलन गर्नुपर्नेछ।

-संकलित भाउचर ग्राहकको प्रोफाइलमा रहेको ‘माइ भौचर’ मा सुरक्षित हुनेछ।

-कम्तीमा १ हजार ९९९ वा सोभन्दा बढीको सामान खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्नुपर्नेछ।

दसैँको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित तथा लाभदायी बनाउने र डिजिटल बैंकिङको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो अफर ल्याइएको बैंकले जनाएको छ । अफरसम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने पनि बैंकले जनाएको छ ।