दसैँमा टोयोटा किन्न एनआईसी एसियाको ७ वर्षसम्म ५.९९ प्रतिशतमा अटो लोन

दियोपोस्ट संवाददाता

काठमाडौँ । दसैँको अवसरमा टोयोटा ब्रान्डका सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि विशेष वित्तीय सुविधा सार्वजनिक गरिएको छ।

नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (यूटीएस) र एनआईसी एसिया बैंकबीच वित्तीय सुविधासम्बन्धी सम्झौता भएको हो।

समझदारीपत्रमा यूटीएसका नायब महाप्रबन्धक (सेल्स एन्ड मार्केटिङ) रेखा शाह र एनआईसी एसिया बैंकका प्रमुख व्यापार अधिकृत अमित केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्राहकले टोयोटा ब्रान्डका सवारीसाधन खरिद गर्दा सात वर्षसम्म ५ दशमलव ९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, ऋण प्रशासन शुल्कमा २५ बेसिस प्वाइन्टसम्म छुटको सुविधा समेत उपलब्ध हुने जनाइएको छ । उक्त सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुनेछ।

दसैँलक्षित यस योजनाले ग्राहकलाई सहज वित्तीय पहुँच उपलब्ध गराउँदै टोयोटा सवारीसाधन खरिद प्रक्रिया थप सरल बनाउने कम्पनीले जनाएको छ।