लेनदेन मुद्दामा २ वर्ष कैद र २५ लाखभन्दा बढी बिगो तोकिएकी रत्नशोभा पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । लेनदेन मुद्दामा अदालतबाट कैद तथा बिगो तिर्ने फैसला भएपछि फरार रहेकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बनेपा नगरपालिका-८ काभ्रे घर भएकी ५० वर्षीया रत्नशोभा बज्राचार्य रहेकी छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौँको ताहचलबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतले २०७७ माघ १९ गते बज्राचार्यविरुद्ध लेनदेन मुद्दामा २ वर्ष कैद र २५ लाख ६७ हजार ७०७ रुपैयाँ बिगो तिराउने फैसला गरेको थियो ।

तर अदालतको फैसला कार्यान्वयन हुनुअघि उनी फरार रहेकी थिइन् । लामो समयपछि प्रहरीले उनको अवस्थाबारे खोजी गर्दै ताहचलबाट पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि काभ्रे जिल्ला अदालतमा पेस गरिएको थियो । काभ्रे जिल्ला अदालतमार्फत उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबर

सिफारिस