बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि होन्डाले दियो १ लाख अमेरिकी डलर

दियोपोस्ट संवाददाता

काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिसुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन होन्डाले १ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

होन्डाको एसिया तथा ओसिनिया क्षेत्रीय मुख्यालय एसियन होण्डा मोटर को.लिमिटेडले थाई रेडक्रस सोसाइटीमार्फत उक्त सहयोग प्रदान गरेको हो ।

नेपालमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायमा राहत पुर्‍याउनुका साथै उनीहरूको पुनःस्थापनाका लागि सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध गराइएको बताइएको छ ।

होन्डाले बाढी प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको जनाएको छ । कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउनु सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण पहल भएको जनाएको छ ।

सिफारिस