
सुनसरी । सुनसरी प्रहरीले २५ क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । इनरुवा नगरपालिका-३ स्थित सखुवागाछी चोकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई गएराति जाँच गर्ने क्रममा ८३ वटा बोरामा प्याक गरिएको गाँजा फेला परेको हो ।
ट्रकमा बन्दागोभी बोकेको आवरणमा गाँजा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले चालक र सहचालकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पुष्पराज मल्लका अनुसार बरामद गाँजा ८३ वटा बोरामा प्याक गरिएको अवस्थामा भेटिएको थियो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।