मोरङको सीमावर्ती क्षेत्रबाट २१० किलो गाँजा बरामद

दियोपोस्ट संवाददाता

विराटनगर । मोरङको सीमावर्ती क्षेत्रबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । सोमबार राति जहदा गाउँपालिका-१ नयाँ बस्ती नजिकैको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर लुकाइराखिएको अवस्थामा गाँजा बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको हो ।

बरामद गाँजा कसले त्यहाँ लुकाएर राखेको थियो भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर