
काठमाडौँ । यस वर्षको विजया दशमीको टीकाको शुभसाइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादसैँको शुभसाइतअनुसार कात्तिक ४ गते विजया दशमी तथा देवी विसर्जन परेको छ ।
सोही दिन बिहान १०ः२६ बजे टीकाको शुभसाइत रहेको समितिले जनाएको छ । समितिका अनुसार यस वर्ष असोज २५ गते आइतबार बिहान ११ः४७ बजे नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे फूलपाती भित्र्याउने साइत रहेको छ।
त्यस्तै, कात्तिक १ गते आइतबार बिहान १०ः३९ बजे महाष्टमी र कात्तिक ३ गते मंगलबार महानवमी परेको समितिले जनाएको छ।
विजया दशमीका दिन टीका लगाउँदा पश्चिम मोहडा गरेर टीका लगाइने व्यक्तिले पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ।