नेपाल एसबिआई बैंकद्वारा वृद्धाश्रमलाई सामग्री सहयोग, दुई शाखा स्थानान्तरण

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले बिर्तामोड, झापाका वृद्वआश्रममा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ  । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत परोपकार तथा अनुसन्धान केन्द्र (वृद्वआश्रम), बिर्तामोड, झापालाई असहाय, घरबारविहीन र शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो ।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले आश्रमका अध्यक्ष बिष्णु कार्किलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

साथै सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रबिण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोईराला, कोशी प्रदेश प्रमुख, दमयन्ती जोशी र बैंक तथा आश्रमका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ ।

साथै, नेपाल एसबिआई बैंक लि.ले इटहरी उपमहानगरपालिका -१, धरान रोड, सुनसरीमा रहेको बैंकको इटहरी शाखा सोही उपमहानगरपालिकाको वडा नं-०९ स्थित बिष्ट कम्प्लेक्समा स्थानान्तरण गरेको छ । त्यसैगरी, बैंकले इलाम नगरपालिका -१ इलाम बजारमा रहेको इलाम शाखा, सोही नगरपालिकाको वडा नं-०७ स्थित इलाम बजारमा स्थानान्तरण गरी दुबै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका छन् । उपयुक्त शीर्षक राखिदिने

सम्बन्धित खबर

सिफारिस