
काठमाडौँ । इनफिनिक्सले आफ्नो उच्च कार्यक्षमतामा केन्द्रित जीटी सिरिजअन्तर्गत इनफिनिक्स जीटी ५० प्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । गेमर तथा उच्च कार्यक्षमता चाहने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यस स्मार्टफोनमा उन्नत कुलिङ प्रणाली, उच्च फ्रेमदरमा गेम खेल्न सकिने सुविधा तथा गेमिङका लागि विशेष नियन्त्रण प्रणाली दिइएको छ ।
‘लिक्विड फ्लो, हाइपर पर्फर्मेन्स’ अवधारणामा आधारित जीटी ५० प्रोमा हाइड्रोफ्लो लिक्विड कुलिङ, १४४ एफपीएस गेमिङ प्रणाली र प्रेसर-सेन्स जीटी ट्रिगर जस्ता गेमिङ केन्द्रित प्रविधि उपलब्ध छन् । यी सुविधाले मोबाइल गेमिङलाई सहज, छरितो र प्रभावकारी बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।
जीटी ५० प्रो नेपालमा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज संस्करणमा उपलब्ध छ । यसको मूल्य ८४ हजार ९९९ तोकिएको छ ।
स्मार्टफोन खरिदलाई सहज बनाउन कम्पनीले शून्य प्रतिशत ईएमआई सुविधा पनि ल्याएको छ । उक्त सुविधाअन्तर्गत मासिक किस्ता ४ हजार २५० देखि सुरु हुनेछ । ईएमआई सुविधा सम्बन्धित नियम तथा सर्तमा आधारित हुनेछ ।
मुख्य विशेषता
हाइड्रोफ्लो लिक्विड कुलिङ
जीटी ५० प्रोमा लामो समयसम्म गेम खेल्दा वा अन्य भारी एप्लिकेसन चलाउँदा उत्पन्न हुने तापक्रम व्यवस्थापन गर्न हाइड्रोफ्लो लिक्विड कुलिङ प्रविधि प्रयोग गरिएको छ । यसले लामो समयको गेमिङ तथा बहुकार्यका क्रममा फोनको कार्यक्षमता र प्रतिक्रियाशीलता कायम राख्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
१४४ एफपीएस गेमिङ प्रणाली
स्मार्टफोनमा १४४ एफपीएस गेमिङ प्रणाली उपलब्ध छ । यसले गेमिङलाई थप सहज र गतिशील बनाउन सहयोग गर्छ । विशेषगरी तीव्र गतिका तथा प्रतिस्पर्धात्मक खेल खेल्दा उच्च फ्रेमदरले दृश्यको सहजता र प्रतिक्रियाशीलता बढाउन मद्दत गर्ने कम्पनीको दाबी छ ।
प्रेसर-सेन्स जीटी ट्रिगर
गेमिङका क्रममा थप सहज नियन्त्रणका लागि जीटी ५० प्रोमा प्रेसर–सेन्स जीटी ट्रिगर दिइएको छ । यी विशेष नियन्त्रणले टचस्क्रिनबाहेक थप नियन्त्रण विकल्प उपलब्ध गराउने भएकाले तीव्र गतिका खेलमा विभिन्न आदेश दिन सहज हुने कम्पनीले जनाएको छ ।
डल्बी एटमोससहितको ध्वनि प्रणाली
गेमिङ तथा मनोरञ्जन अनुभवलाई प्रभावकारी बनाउन जीटी ५० प्रोमा डल्बी एटमोस उपलब्ध छ । यसका साथै फोनमा हाई-रेज अडियो तथा हाई-रेज अडियो वायरलेसको सुविधा पनि रहेको छ ।
एन१ नेटवर्क चिप
जीटी ५० प्रोमा एन१ नेटवर्क चिप समेत प्रयोग गरिएको छ । यसले गेमिङका क्रममा नेटवर्कको स्थिरता र प्रतिक्रियाशीलता सुधार गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।
शून्य प्रतिशत ईएमआई
जीटी ५० प्रो खरिदलाई सहज बनाउन इनफिनिक्सले विभिन्न वित्तीय साझेदारमार्फत शून्य प्रतिशत ईएमआई सुविधा उपलब्ध गराएको छ ।
१२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भएको जीटी ५० प्रोको मूल्य ८४ हजार ९९९ रहेको छ भने मासिक ईएमआई ४ हजार २५० देखि सुरु हुनेछ ।
ईएमआई सुविधा उपलब्ध गराउने वित्तीय साझेदारमा गुडविल फाइनान्स लिमिटेड, नियोफिन हायर पर्चेज प्रालि र एमएडब्ल्यू रहेका छन् ।
ईएमआई सुविधा लिन ग्राहकले आवेदन प्रक्रियाका क्रममा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्नेछ । वित्तीय स्वीकृति तथा
अन्य नियम र सर्त सम्बन्धित वित्तीय साझेदारको नीति तथा आवश्यकताअनुसार निर्धारण हुनेछ । जीटी ५० प्रो देशभरका अधिकृत इनफिनिक्स खुद्रा पसल तथा मोबाइल आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ