
काठमाडौँ । काठमाडौँको काँडाघारीमा बुधबार राति गोली चलेको छ । चोरी तथा डाँका मुद्दाका फरार अभियुक्त आयन माझीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार फरार रहेका माझीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको हो । प्रहरीको गोली लागेर घाइते भएका माझीलाई तत्काल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।
गोली लागेर घाइते माझीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसएसपी घिमिरेले जानकारी दिए ।