महिला शारीरिक सुगठनमा रिपु घर्ती च्याम्पियन, १ लाख नगदसहित स्वर्ण जितिन्

दियोपोस्ट संवाददाता

काठमाडौँ । बिर्तामोड, झापामा आयोजित तेस्रो मिस्टर कञ्चनजङ्घा खुला राष्ट्रिय पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगिता २०८३ अन्तर्गत महिला शारीरिक सुगठनतर्फ रिपु घर्ती च्याम्पियन बनेकी छन् ।

असोज २० र २१ गते बडी ग्यारेज, बिर्तामोडको आयोजनामा भएको प्रतियोगितामा घर्तीले स्वर्णपदकसहित ट्रफी र नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी हुन् ।

बडी ग्यारेज, बिर्तामोडको आयोजनामा सम्पन्न भएको यस राष्ट्रिय स्तरको प्रतियोगितामा देशभरका विभिन्न स्थानबाट शारीरिक सुगठनका खेलाडीहरूको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर

सिफारिस