
काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेड र काभ्रेको नगरकोटस्थित होटल कन्ट्री भिल्ला प्रालिबिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र होटलको तर्फबाट फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार एनआईसी एसिया बैंकका ग्राहकहरूले होटलको आवासीय ९कोठा०, खाना तथा पेय पदार्थको प्रयोग गर्दा १० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
छुट सुविधाअन्तर्गत डिलक्स वर्गका कोठाहरूमा सप्ताहान्त (शुक्रबार र शनिबार) ५ प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट उपलब्ध हुनेछ। अन्य दिनहरू (आइतबारदेखि बिहीबारसम्म) भने आवासीय र खानारपेय पदार्थ दुवै सेवामा १० प्रतिशत नै छुट प्राप्त गर्न सकिनेछ।
यो सुविधा प्राप्त गर्न ग्राहकहरूले एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक), डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।
यस सहकार्यले ग्राहकहरूलाई आकर्षक छुटको लाभ मिल्नुका साथै मुलुकमा डिजिटल भुक्तानी र नगदरहित कारोबार प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।