सार्वजनिक यातायातको क्याबिन सिटमा महिलालाई नराख्न महासंघको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका सार्वजनिक यातायातमा महिलाहरूलाई चालकसँगै रहेको क्याबिन सिटमा नराख्न देशभरका व्यवसायीहरूलाई निर्देशन दिएको छ।

सवारी साधनको क्याबिन सिटमा राख्दा महिलाहरूको सुरक्षा र सहजतामा समस्या हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको महासंघले जनाएको छ।

महासंघले यो व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गर्दै यदि कसैले महिलालाई क्याबिनमै राखेको वा टिकट काट्दा बेवास्ता गरेको पाइएमा सम्बन्धित निकायबाट कारबाही हुने चेतावनी दिएको छ।

दसैँ(तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा यात्रुको चाप बढ्ने र त्यसक्रममा महिला यात्रुहरूलाई क्याबिनमा कोचेर लैजाने प्रवृत्ति बढ्ने भएकाले महासंघले अग्रिम बुकिङमा विशेष निगरानी बढाएको छ। साथै, महासंघले यात्रुहरूलाई टिकट काट्दा नै आफ्नो सिट नम्बर र स्थान निश्चित गर्न आग्रह गरेको छ।

नयाँ व्यवस्था अनुसार अब हरेक टिकट काउन्टरमा महिलाका लागि छुट्टै र सुरक्षित सिटको अनिवार्य व्यवस्था गरिएको छ। सवारीका कर्मचारीहरूलाई समेत महिला यात्रुहरूलाई प्राथमिकताका साथ सुरक्षित सिटमा राख्न महासंघले अनुरोध गरेको छ।

सम्बन्धित खबर

सिफारिस