दसैँको अग्रिम टिकट खुल्यो, नयाँ बसपार्कमा टिकट लिने यात्रुको भीड (फोटो फिचर)

दियोपोस्ट संवाददाता

काठमाडौँ । दसैँ मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै काठमाडौंको नयाँ बसपार्कमा अग्रिम बस टिकट काट्ने यात्रुको भीड लागेको छ । लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएसँगै यात्रुहरू टिकट लिन बसपार्क पुग्न थालेका हुन् ।

अग्रिम टिकट बुकिङ खुल्ने भएपछि रातिदेखि नै नयाँ बसपार्कमा यात्रुको चहलपहल बढेको छ । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट आ-आफ्नो घर फर्किने यात्रुहरू समयमै टिकट लिएर यात्रा सुनिश्चित गर्न बसपार्क पुगिरहेका छन् ।

दसैँका बेला उपत्यकाबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य रूपमा बढ्ने भएकाले अग्रिम टिकट बुकिङलाई सहज र व्यवस्थित बनाउन थालिएको हो । चाडपर्वका बेला टिकट नपाउने तथा यात्रामा समस्या हुने सम्भावनालाई ध्यानमा राख्दै यात्रुहरूले अग्रिम रूपमा टिकट लिन थालेका छन् ।

यात्रुलाई टिकट काट्न तथा यात्रासम्बन्धी जानकारी लिन सहज होस् भन्ने उद्देश्यले नयाँ बसपार्कमा नागरिक सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ ।

 

तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

 

सम्बन्धित खबर