
काठमाडौँ । रातभरिको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाइएको छ। सडक विभागका अनुसार राजमार्गको निर्माणाधीन खण्डअन्तर्गत मङ्गलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ पर्ने नार्के र पिनथलीको बीचमा लेदो खसेर सडक अवरुद्ध भएको थियो।
वर्षाका कारण सडकमा थुप्रिएको लेदो पन्छाएपछि सवारी दुई तर्फी आवागमन पुनः सुचारु भएको छ । सडक खुला भएसँगै बाटोमा रोकिएका यात्रु तथा सवारी साधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।